धनुषाका एसपीहरुको सवारी चालक 'आजाद प्रसाद यादव' विगत १४ बर्षदेखि एकै ठाउँमा

२०८१ बैशाख ८ शनिबार
बेलुकी ५:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला प्रहरीमा प्रहरीका एक कर्मचारी विगत १४ बर्षदेखि एकै ठाउँमा परिचालित रहेका छन् । धनुषामा आउने प्रहरी उपरीक्षक (एसपी) हरुको सवारी चालकको रुपमा विगत १४ बर्षदेखि आजाद प्रसाद यादव जिल्ला प्रहरीमै कार्यरत रहँदै आएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषामा विगत १४ बर्षदेखि एसपीहरुको ड्राइभर रहेका आजाद प्रसाद यादव गोप्य घुमुवाको रुपमा परिचालन समेत भएको आरोप लगाईएको छ । 

गृहमन्त्रालयले घुमुवाहरुलाई फिर्ता बोलाएको हो । सादा पोशाकमा रहँदै आएका आजाद प्रसाद यादव धनुषामा आउने एसपीले चढने बा ७ झ ३६०६ नम्बर प्रहरी भ्यानका चालक रहेका रहेका छन् । 

धनुषामा आउने एसपीहरुको चाहेता र गोप्य घुमुवाको रुपमा विगत १४ बर्षदेखि सवारी चालक आजाद प्रसाद यादवले अड्डा जमाएर बसेको आरोप छ । बढी दुई बर्षसम्म एकै ठाउँमा बसेका प्रहरी कर्मचारीहरुलाई पुनः सोही ठाउँमा नपठाउने गरेपनि आजाद प्रसाद यादवले कारवाही खेपेर समेत पुनः धनुषा जिल्ला प्रहरीमै फिर्ता हुँदै आएका हुन् । 

कहिलेकाँही राती १० बजेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट निस्कने आजाद यादव धनुषाको विभिन्न नाका पुग्ने गरेको गोप्य श्रोतको दाबी छ । साथमा केही प्रहरी राखेर रुपैयाँ नदिने व्यापारी, तस्कर र समानलाई समाएर जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाउने गरेको नाम नखोल्ने शर्तमा एक स्रोतले बताए ।

यस सन्दर्भमा वर्तमान एसपी भुवनेश्वर तिवारीले भने अहिले जिल्लामा कुनै घुमुवा नरहेको प्रतिक्रिया दिए । उनले आफू धनुषामा नमुना कार्य गर्न आएको बताउँदै कुनै घुमुवा परिचालन नभएको तथा चालकले यस्तो कार्यमा संलग्नताबारे आफूलाई जानकारी नभएको बताए । उनले आफू भर्खरै जिल्ला प्रमुख बनेर आएपछि आफूलाई धेरै कुरा अहिले थाहा नभएको भन्दै खण्डन गरे । 

स्रोतको अनुसार, आजाद प्रसाद यादव र प्रकाश सिँह नामक प्रहरी समय मिलाएर मात्र निस्कने गरेका छन् । यी दुवै जनाको जुगलबन्दीले सीमाबाट हुने तस्करीलाई शहरसम्म मूर्तरुप दिने गरेको बताईएको छ । यादव र सिँहले धनुषा आउने एसपीहरुको नाममा सीमामा जडो गाडेर बसेका नामुद तस्कर, व्यापारीहरुसँग रकम लिने गरेको आरोप छ । 

पूर्वी धनुषाको इनरवादेखि पश्चिम मुखियापट्टि मुसरनीयाँसम्म आजाद यादव र प्रकाश सिँहले महिनबारी रकम उठाउने गरेको आरोप छ । जसमा दुध व्यापारी (तस्कर) मनिष मिश्रा, रक्सी तस्कर प्रमोद ठाकुर, रुपेश यादव, अनिल मण्डलसँग मासिक १८ हजार रुपैयाँदेखि सुरु भई ३० हजार रुपैयाँसम्म उठाउने गरेको आरोप छ । 

यद्यपी, यस सन्दर्भमा आजादले रकम उठाउने आरोप लगाइएपनि यसको पुख्ता प्रमाण भने उपलब्ध गराउन सकेनन् । स्रोतका अनुसार, आजादको विभिन्न मोबाईल नम्बरको कल डिटेल्स खोजेपछि तस्करहरुसँग उनको संलग्नता भेटिने दाबी गरे । 

सुरुमा सम्पर्क हुन नसकेका आरोपित आजाद प्रसाद यादवले भने आरोप निराधार र कपोकल्पित मात्र रहेको भन्दै तथ्य खण्डन गरे । उनले कसैले आफूविरुद्ध गलत सूचना र आरोप लगाएको भन्दै आरोपलाई खण्डन गरे । उनले आफू सवारी चालक मात्र रहेको र बाहिर नजाने गरेको दाबी गरे । 

यादवले आफू कसैसँग कुनै रकम नउठाएको दाबी गरे । रिसबीको कारण कसैले गलत सूचना प्रवाह गरेको हुन सक्ने भन्दै भ्रामक तथ्यको पछाडी नलाग्न आग्रह गरे । उनले सोही अनुसार तथ्य खण्डन गरे । 

छानबिन गरी तुरुन्त कारवाही गर्छौँः एसपी तिवारी 

धनुषामा आए लगत्तै एक्सनमा आएका नयाँ एसपी भुवनेश्वर तिवारीले यादवमाथि छानबिन गरी तुरुन्त कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे । अहिले सोही गाडीका चालक रहेका आजाद यादवको सन्दर्भमा न्यूज ब्यूरोसँग भएको संक्षिप्त कुराकानीमा एसपी तिवारीले उनको विरुद्ध एउटै प्रमाण फेला परे तु को तु। कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे । 

धनुषामा आएपछि प्रहरी संगठनबाट हुने विभिन्न सूचनाहरुको पारदर्शितालाई झन उजागर गर्न सफल भएका नयाँ एसपी तिवारी इमान्दार पदस्थ अधिकारीको रुपमा चिनिन्छन् । गत चैत २६ गते मात्र धनुषा आएका एसपी तिवारीले जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रवाह हुने सेवा, मुद्दाको विवरण, फर्छायौटको विवरण, घटना प्रतिघटना, कारवाही, अनुसन्धानको समेत पारदर्शीता गरेपछि उनको चौतर्फी प्रशँसा गरिएको छ । धनुषा आएका अन्य प्रहरी प्रमुखहरुभन्दा तिवारीको कार्य सम्पादन र कार्यशैली फरक रहेको जिल्लावासीले महसुस गरेका छन् । 

एसपी तिवारी आएपछि भएको विभिन्न अपराधिक घटनाका आरोपित, शंकास्पद र संलग्न व्यक्तिहरुलाई केही घण्टाभित्रै पक्राउ गरी प्रहरीको सक्रियता दर्साएका हुन् । सवारी चालक आजाद यादवको सन्दर्भमा समेत उनले प्रमाण फेला परे कारवाही हुने प्रतिवद्धता जनाए ।


पुनश्चः यसअघिको समाचारको शिर्षक र केही तथ्यमा अन्यथा भएको हुन गएकोले तत्कालै सच्याइएको छ । यसको लागि हामी क्षमायाचना गर्दछौँ । आगामी दिनमा यसप्रति अझ सचेत हुने प्रतिवद्धता जाहेर गर्दै यसबाट पर्न गएको असरप्रति हामी पुनः क्षमा प्रार्थी छौँ ।  – सम्पादक 
  • 0%
  • 15%
  • 1%
  • 1%
  • 0%
  • 43%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८१ बैशाख ८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus