मधेश प्रदेशमा फेरी थपिए तीन नयाँ मन्त्री
हाल श्रम तथा यातायात र वन तथा वातावरण मन्त्रालय गरी दुईवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफूसँगै राखेका छन् । ती मन्त्रालय एउटा साह र अर्को लुंगेलीलाई दिने मुख्यमन्त्रीको तयारी छ ।

२०८१ बैशाख ६ बिहीबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारको मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । विहिबार एक समारोहबीच नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाइएको हो ।
मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
माओवादी नेता साह र एकीकृत समाजवादीकी नेतृ लुंगेलीको मन्त्रालय तोकिएको छैन । माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएको थियो । सो मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ ।

हाल श्रम तथा यातायात र वन तथा वातावरण मन्त्रालय गरी दुईवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफूसँगै राखेका छन् । ती मन्त्रालय एउटा साह र अर्को लुंगेलीलाई दिने मुख्यमन्त्रीको तयारी छ ।
त्यस्तै नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ गराए ।
१६ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । १६ महिनामा मुख्यमन्त्री यादवले चार पटक विश्वासको मत लिन बाध्य भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…