जनकपुरः बुवाको अन्तिम सँस्कारमा आएकी महिलाको हत्या, प्रहरीको कुकुर घरसम्म गएपछि...
प्रहरीले शवलाई पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा दिएपछि अन्तिम सँस्कार गरिने जनाईएको छ । बुवाको अन्तिम सँस्कारमा आएकी शुभको बुवाको विधि पुरा नहुँदै उनको विधि सुरु हुने भएपछि टोल नै शोकमग्न छ ।

२०८१ बैशाख २ आइतबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै बुवाको अन्तिम सँस्कारमा गर्न माइत आएकी एक महिलाको हत्या भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टिस्थित माईत आएकी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ७ नौवाखोर पर्साही बस्ने बर्ष ५५ की शुभ मण्डल गहुँ खेतमा मृत अवस्था भेटिएकी हुन् ।
शनिबार रातिदेखी नै हराइरहेकी मण्डललाई खोजबिन गर्दै जाँदा ननुपट्टीकै एक गहुँ खेतमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी हुन् ।
शुभकी बुवा देवनारायण मण्डलको केही दिन अगाडी देहान्त भएपछि उनी आफ्नो बुवाको अन्तिम सँस्कार गर्न माइत आएकी बताईएको छ । विहानै उनको शव गहूँ खेतमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, शुभको गालामा कुनै गरगहना समेत देखिएको छैनन्, घटनाको प्रकृति हेर्दा गरगहना लुटेर हत्या गरिएको हुन सक्ने देखिएको हो ।
नयां बर्ष २०८१ को पहिलो सांझ बुबा देवनारायण मण्डलको मृत्यू उपरान्तको विधि अनुसार नवौ दिनको नौकेशको भोज रहेको समयमा उनी बाहिर निस्केकी थिइन् । भोज आरम्भ हुनु अगावै शुभलाई कसैले नदेखेपछी खोजबिन सुरु गरिएको थियो । रातभरी खोजबिन चलिरह्यो बल्ल आइतबार बिहान ८ बजे रुखमा पानी हाल्न पुगेको एक स्थानियले देखेपछी प्रहरीलाई खवर गरिएको थियो ।
धनुषामा नयाँ एसपी आएलगत्तै लगातार भएको दुई हत्याले जिल्ला अशान्तको सँकेत दिएको हो । घटनास्थलमा धनुषाका प्रहरी प्रमुख आफै पुगेर डग टोली परिचालन गरेका थिए । सो क्रममा प्रहरीको कुकुर उनको माईतको घरसम्म गएको बताईएको छ । यद्यपी हत्यारा अझै पत्ता लाग्न सकेको छैनन् ।
प्रहरीले शवलाई पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा दिएपछि अन्तिम सँस्कार गरिने जनाईएको छ । बुवाको अन्तिम सँस्कारमा आएकी शुभको बुवाको विधि पुरा नहुँदै उनको विधि सुरु हुने भएपछि टोल नै शोकमग्न छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…