सुनसरीमा हिन्दु–मुस्लिमबीच तनाव, ६ राउण्ड फायर, कैयौँ घाईते, अनिश्चितकालिन कर्फ्यू !
बिहीबार हरिनगर गाउँपालिका(१ भुटाहामा एक युवकमाथि कुटपिट भएको भन्दै दुई समूहबीच तनाव चर्किएको हो । शुक्रबार दुई समूहबीच उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।

२०८० चैत २३ शुक्रबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले अनिश्चितकालिन कर्फ्यू जारी गरेको छ ।
सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगन्ज गाउँपालिकाको वडा नम्बर १ र ६ मा निषेधाज्ञा जारी गरेको छ । २ समूहबीच झडप भएपछि स्थानीय प्रशासनले दुई पालिकामा भेलार प्रदर्शन र र्यालीमा रोक लगाएको हो ।
शुक्रबार सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले एक आदेश जारी गर्दै शुक्रबार दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरिएको बताएका छन् । निषेधाज्ञाका बेला सामाजिक, धार्मिक तथा राजनीतिक सभा, र्याली(भेलाजम्मा प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने उल्लेख छ ।
बिहीबार हरिनगर गाउँपालिका(१ भुटाहामा एक युवकमाथि कुटपिट भएको भन्दै दुई समूहबीच तनाव चर्किएको हो । शुक्रबार दुई समूहबीच उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।
उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…