न्यूज ब्यूरो, जनकपुरधाम । एक व्यापारी र बाबालाई लुट्ने दुई घमुवा प्रहरी जेल चलान भएका छन् । जनकपुरधामका एक व्यापारीको ३१ थान मोबाईल र दुई लाख रुपैयाँ लुटेको आरोपमा जिल्ला अदालत धनुषाले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई ‘घुमुवा’ प्रहरीलाई पूर्वपक्षका लागि सिन्धुली कारागार चलान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा मातहत सादा पोशाक ‘घुमुवा’ मा खटिएका प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले व्यापारीसंग मोबाईल खोसेर अपराधिक लाभ लिन खोजेको तथा व्यापारीलाई पक्राउ गरी शरिर बन्धक बनाएर राखेको आरोपमा जिल्ला अदालत धनुषाले कारागार चलान गरेको हो । जिल्ला अदालतका न्यायधिश हरिकृष्ण श्रेष्ठको एक ईजलाशले दुवै जनालाई पूर्वक्षका लागि कारगार चलान गरेको हो ।
धनुषाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिका २ जटही भन्सार कार्यालय नजिकबाट गत फाल्गुन ८ गते दिनको ४ बजे सन्तोष क्ुमार महतोलाई विभिन्न कम्पनीको मोबाईल सहित नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर मोबाईल र मानिस दुवै छाडिदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरी, रुपैयाँ समेत लिएर मोबाईल फिर्ता नदिई झोला सहित मोबाईल र नगद लिएको गएको दायर आरोपपत्रमा उल्लेख छ ।
के भन्छ प्रहरी प्रतिवेदन ?
झोला सहित मोबाईल र बार्गेनिङ्गको रकम लिएर जनकपुरधाम उप–महानगरपालिका ७ वडा कार्यालय स्थित अञ्जनी माई कुटीको उत्तरतर्फबाट पानी पोखरीको डिलमा घाँस झारीभित्र लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको थियो । अनुसन्धानको क्रममा लुकाएर राखिएको मोटु पत्लु लेखिएको व्यागमा उजूरीमा उल्लेख गरिएको ३१ थान मोबाईल र २ लाख रकम मध्ये ९५ हजार रुपैयाँ समेत बरामद भएको आरोप पत्रमा उल्लेख छ ।
प्रतिवादी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले सन्तोष कुमार महतोलाई पक्राउ गरेर राखेको स्थान, नियन्त्रणमा राखेको मोबाईल ३१ थान, बरामद रकम, पैसा लिएको स्थान सहितको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय धनुषाको तर्फबाट प्रतिवेदनको आधारमा उनीहरुलाई कानूनी दायरामा ल्याईएको हो । घटनामा हवल्दार राज र जवान यादवले आफु मातहतको कमाण्डमा कोही कसैलाई रिपोर्ट नगरी ९ दिन सम्म कार्यालयमा नबुझाई बदनीयतपूर्ण आफुसंग राखी प्रमाणको श्रृखला नष्ट गर्ने र पैसा पचाउने नियत राखेको प्रहरी नायव उपरिक्षक रञ्जन अवाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक अवाको प्रतिवेदनमा भनिएको छ, ‘हवल्दार राज र जवान यादवले प्रहरी कर्मचारी भएर पनि आफ्नो पदीय जिम्मेवारी अनुसारको दायित्व दुरुपयोग गरी व्यक्तिगत फाईदाका लागि व्यवसायी सन्तोष कुमार महतोलाई आफ्नो कब्जामा लिएर शरिर बन्धक बनाई, डरत्रास देखाएर ४ लाख ९१ हजारको मोबाईल लुटने र २ लाख समेत लिएर बेईमानीपूर्व लाभ लिने कार्य गरेको हुँदा निजहरुलाई कानून बमोजिम सजाय होस् । प्रतिवादीबाटै जाहेरवालाको मोबाईल र नगद समेत दिलाई भराई दिनुपर्छ । निजहरुले पूर्वयोजना अनुसार नै नियतपूर्वक उक्त घटना घटाएको हुँदा अपराधिक विश्वासघात, लाभ तथा चोरी तथा डाँका सम्बन्धी कसुर, अपहरण वा शरिर बन्धक सम्बन्धी कसुर र भ्रष्टाचार सम्बन्धी कसुर समेत देखिएको छ । साथै थप कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तर्फ आवश्यक कारवाहीको लागि पठाउनुपर्ने व्यहोरा प्रतिवेदनमा लेखी पठाएको छु ।’
बाबासंग पनि लुटपाट
गत माघमा एक सन्त बाबा लक्ष्मण प्रसाद महाराजी भन्ने ‘सुमन बाबा’संग २५० ग्राम गाँजा र नगद १६ हजार रुपैयाँ जिल्ला प्रहरी कर्याालय धनुषा क्राईमको घुमुवा हुँ भन्दै लुटेको थियो । पछि सुमन भनिने लक्ष्मण प्रसाद बाबाले जिल्ला प्रहरी कार्यालयमा बुझ्न जादा कुनै पनि सामग्री जिल्ला प्रहरी कार्यालयमा नबुझाएको फेला प¥यो । खोज अनुसन्धानपछि बाबासंग जर्बजस्ती खोसेर ल्याएको गाँजा र नगद रकम जिल्ला प्रहरी कार्यालयको आँखामा छारो हालेर र प्रहरी कमाण्डरको साँठगाठँमा स्वयंम सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवलाई नियन्त्रणमा लिएर आफैसंग राखेको बाहिर खुल्न आएको थियो । जसको उजूरी समेत मधेश प्रदेश प्रहरी कार्यालयमा छ ।
साथै जिल्ला प्रहरीले अदालत समक्ष बुझाएको प्रतिवेदनमा दिपेन्द्र कुमार राजलाई यस अघि पनि चालचलनकै कारण विभागीय कारवाहीका लागि सिफारिस गरिएपनि आफ्नो चालचलन तथा व्यवहारमा सुधार नगरि आफु तथा अर्का प्रतिवादी रोशन कुमार यादवसंगको मिलोमत्तोमा प्रहरी मर्यादा विपरित कर्तव्य पालना नगरीपदीय दायित्वको दुरुपयोग गरेको जनाएको छ । घटनामा प्रहरी नायव महानिरिक्षक (डिआईजी) यज्ञविनोद पोखरेलको निर्देशनमा आरोपीद्वयलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाईएको थियो । पत्रकार गोबिन्द महतोले समाचार लेखेका छन् ।
धनुषा जिल्लामा किसानहरुको धान खरिद सुरु, मन्सुली धान प्रतिक्विन्टल ३५८० रुपैयाँ
- २०८० चैत २१ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सोमबारदेखि धान खरिद गर्न थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालयले धान खरिद प्रक्रिया शुरु गरेको छ । धनुषाको किसानबाट यस
पूरा पढ्नुहोस्