मधेशमा चीट चोरीको दोष सिडिओ, एसपी र नीरिक्षकले लिनुपर्छः साँसद झा
उनले परिक्षालाई आवश्यक पद्धति र कडाइका साथ परिक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गरे। उनले भने, ‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गर्थ्यो। तर अहिले मधेस आफैं एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ। यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ। कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा। तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ। त्यो हामीले किन तिर्ने ? किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरिक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले ति

२०८० चैत १९ सोमबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जारी रहेको एसईई परीक्षा र चीट चोरीको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद मनिष झाले प्रशासनिक निकायका उच्च पदस्थ व्यक्तिहरुले दोष लिनुपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा एसईईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गर्दै यसको दोषी प्रशासनिक निकायलाई लिनुपर्ने बताएका छन् ।
उनले सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको बताएका हुन्। उनले सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए।
उनले परिक्षालाई आवश्यक पद्धति र कडाइका साथ परिक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गरे। उनले भने, ‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गर्थ्यो। तर अहिले मधेस आफैं एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ। यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ। कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा। तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ। त्यो हामीले किन तिर्ने ? किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरिक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ। तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरु हुन्। त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिइयोस्। आवश्यक विधि, पद्धति र कडाइका साथ परिक्षा गरियोस्। ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस्।’
उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटीका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि उनले स्पष्ट पारे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…