न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा नियमावलीमै नभएको मेच्अल परीक्षा केन्द्र कायम गर्नको लागि ६ लाख रुपैयाँको लेनदेन भएको रहस्योदघाटन भएको छ ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको जनता इकाई माध्यमिक विद्यालय (प्राविधिक) र सबैला नगरपालिका वडा नम्बर १० स्थित रहेको सिमराढी स्कूलमा मुचुअल सेन्टर कायम गरी भित्रै प्रिन्टर राखेर चीटको डकैती हुने गराउने गरिएको रहस्य बाहिरिएको छ ।
समुदायिक विद्यालय रहेको दुवै स्कूलले तत्कालिन शिक्षा अधिकारी र तत्कालिन सिडिओको मिलोमत्तोमा शिक्षा ऐन, नियमावली अन्तर्गत एसईई परीक्षा सँचालन निर्देशिकामै नरहेको मुचुअल परीक्षा केन्द्र कायम गरी भित्रै प्रिन्टर मेसिन राखेर हरेक विद्यार्थीलाई फ्ल्यापको गँगा बहाइएको देखिएको छ ।
मावि यदुकूहाको सेन्टर सिमराढीमा र सिमराढी माविको सेन्टर यदुकूहामा राखेर चीट चोरीको हद पार गरेको हो । जानकारी अनुसार, दुवै परीक्षा केन्द्रमा एक गोप्य कोठामा प्रिन्टर मेसिन राखेर सम्बन्धित शिक्षक मार्फत चिट लेख्न लगाउँदै प्रिन्ट गरी नै विद्यार्थीहरुको हातहातमा पुरयाउने गरेको हो ।
देखावटी रुपमा विद्यालयको नतिजा राम्रो देखाउनको लागि दुवै विद्यालयका केन्द्राध्यक्ष (प्रधानाध्यापक) ले सो आइडिया लाखौँ रुपैयाँ खर्च गरेर लागू गरेको हो । ऐन र निर्देशिकामै नभएको मुचुअल परीक्षा केन्द्र राखेर विद्यार्थीको भविष्यसँग खेलवाड गरेको हो । हात हातमा चिट पुरयाउनको लागि एक कर्मचारी समेत राखिएको बताईएको छ ।
केही घण्टासम्म त्यतिकै बस्ने विद्यार्थीहरुले फ्ल्यापको प्रतिक्षा गर्ने गरिन्छ । अभिभावक र विद्यार्थीहरुसँग समेत दुई देखि तीन हजार रुपैयाँ सम्म उठाएर तत्कालिन शिक्षा अधिकारी र सिडिओको मिलोमत्तोमा मुचुअल सेन्टर कायम गरिएको जनाइएको छ । यद्यपी, यसको जानकारी वर्तमान प्रमुख जिल्ला अधिकारीलाई गराइएको छैनन् ।
पुरै देशभरी कतै नभएको नमूना सेन्टर दुवै स्कूलको मेचुवल सेन्टरको रुपमा निर्देशिका विपरित राखेर दुवै स्कुलका विद्यार्थीलाई चीट चोरीको सहजतासहित समान व्यवस्था मिलाउने सहमति गरेको बताइएको छ ।
दुवै सकूल मिलेर एक अर्काका लागि विषयगत शिक्षकको व्यवस्थापन गर्न पनि सफल भएको छ। विषयगत शिक्षकले भित्री सेटिङ्को आधारमा हरेक विषयको चिट चोर्न–चोराउनका लागि फलेप बनाउने गरेको छ। त्यतिकै मात्र नभई चिट चोराउनका लागि सम्बन्धित स्कूलककै गार्ड पनि राखेका छन्। साथै कक्षा कोठामा गएर भोजको पात बाँडेझैँ प्रत्येक विद्यार्थीलाई हात–हातमा यही गार्डहरुले फलेप बाँट्ने गरेका छन्।
एउटै सेन्टरमा रहेको मेचुवल सेन्टरका विद्यालयले गलत तथा झुठा रिजल्ट देखाउनका लागि गोप्य तरिकाले सेन्टरमै फोटोकाँपी मेसिनको प्रयोग गरेर चिट चोराउन थालेका छन् , जबकि यस्ता परीक्षाको मार्यादाका विपरीत कतै कुहर्कत भएको देखिदैन ।
“यस्ता चोरी गराएर ल्याएको रिजल्टबाट यो दुबै सकूलले सालभरी अरु–अरु सकूललाई गिज्याईरहेका हुन्छन् । यसबाट चोरहरुको मनोवल बढीरहेको छ भने ईमान्दारी पूर्वक काम गर्नेहरुको मनोवल घटीरहेको छ।”– एक केन्द्राध्यक्षले भने ।
यस्ता परीक्षा संचालन तथा व्यवस्थापनले भेदभावको शिकार भएका विद्यार्थीका लागि एवं स्कूलहरुको लागि ठूलो अन्याय नै भएको बताइएको छ ।
“यस्ता, परीक्षाको रिजल्टबाट विद्यार्थीको मूल्यांकन गर्न सकिदैन। यस्ता परीक्षाबाट पढेर परीक्षा दिने विद्यार्थीहरुका लागि मनोवल खसाउने अभिशाप नै प्रमाणित हुनेछ। रकम लिएर परीक्षाको मार्यादाका विपरीत मेचुवल सेन्टर कायम गर्ने–गराउने वास्तवमा शैक्षिक माफिया तथा अपराधी नै हुन्। यस्ता अपराधी जो कोहीलाई पनि कानूनको दायरामा ल्याउनुपर्छ । तब मात्र पढ्ने विद्यार्थीहरुको लागि र शिक्षमा काम गर्ने व्यक्तिको लागि न्याय हुनेछ।”– शिक्षाप्रेमी पवन मण्डल बताउँछन् ।
बच्चा खेलाउँदै बाँदर
- २०८० चैत १९ सोमबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्