महोत्तरीको भिठ्ठामोडमा सुख्खा बन्दरगाह बनाउन प्रधानमन्त्री साकारात्मक

२०८० चैत १८ आइतबार
बिहान १०:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  महोत्तरी जिल्लाको मुख्य नाका मानिएको भिठ्ठामोडमा सुख्खा बन्दरगाह बनाउन नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार भेटेका कांग्रेसका नेताहरुले सुख्खा बन्दरगाह बनाउन माग गरेका छन् । उनीहरुले भारतीय सीमावर्ती भिठ्ठामोडमा भारत सरकारले सुख्खा बन्दरगाह बनाउन लागेको बताउँदै नेपाली भूमिमा समेत सुख्खा बन्दरगाह बनाउन आग्रह गरेका छन्

भारत सरकारले भिठ्ठामोडलाई रेलमार्गबाट कोलकत्तासंग जोड्न लागेको उल्लेख गर्दै नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले सुख्खा बन्दरगाहका लागि सरकारी जमिन सहित केही जमिन अधिग्रहण गरे पुग्ने रहेको बताए । जवाफमा प्रधानमन्त्री प्रचण्डले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । ‘आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीको समग्र विकासका लागि प्राथमिकतामा राख्न लगाउने छु’ प्रचण्डले भने–‘आफूले विगतमा समेत पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने छु ।’ 

महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र राजनीति दलका प्रतिनिधिमण्डसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा सुख्खा बन्दरगाहलाई समेत राख्ने बताए । भिठ्ठामोड नाकाबाट मालसमान आयात निर्यात गर्न कुनै कठिनाई नरहेपनि सुख्खा बन्दरगाह निर्माणले थप सहज हुने प्रधानमन्त्री प्रचण्डले बताए ।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरको विकासमा सरकारको सहयोग रहने र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनलाई केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको बताए । 

भेटघाटमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य किरण यादव, महोत्तरी जिल्लाका सभापति नागेश्वर यादव, लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

जनकपुरधामबाट १९ किलोमिटर र जलेश्वरबाट ५ किलोमिटर दूरीमा रहेको भिठ्ठामोड भन्सार कार्यालयको वरिपरि पर्याप्त सरकारी जग्गा रहेको र आवश्यक जग्गा सस्तो मूल्यमा दिन किसानहरु तयार रहेको लोहारपट्टीका मेयर यादवले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८० चैत १८ आइतबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus