वीरगँजबाट चिनियाँ नागरिकको गिरोह पक्राउ, भारी सँख्यामा कम्प्यूटर बरामद, ह्याकरको आशंका

२०८० चैत १७ शनिबार
रति ९:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । देशको आर्थिक नगरी भनेर चिनिने वीरगँजबाट भारी सँख्यामा कम्प्यूटरसहित चिनियाँ गिरोहका सदस्यहरु पक्राउ परेका छन् । 

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १५ लक्ष्मणवास्थित मठ नजिक रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी गरेर उनीहरुलाई पक्राउ गरेको हो । 

छापामारी गरि पर्सा प्रहरीले दुई जना विदेश नागरिक (चाइनिज) हरूलाई नियन्त्रणमा समेत लिएको हो ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल नेतृत्वमा छापामारी गर्न पुगेको प्रहरी टोलीले त्यहाँबाट ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री समेत बरामद गरेको छ । 

प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्नुका साथै अन्य साइबर अपराध सम्बन्धी गतिविधि गर्दै आएका थिए ।

गिरोहका थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगञ्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएको प्रहरीको आशंका थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नाम र धर्म परिवर्तन गरी बस्दै आएका हत्या मुद्दाका फरार अभियुक्त ४० बर्षपछि पक्राउ

  • २०८० चैत १७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एक अभियुक्तलाई सजाए सुनाएको २३ बर्षपछि पक्राउ गर्न सफल भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डिएसपी) बीरेन्द्र कुमार

पूरा पढ्नुहोस्

Bureau Menus