वीरगँजबाट चिनियाँ नागरिकको गिरोह पक्राउ, भारी सँख्यामा कम्प्यूटर बरामद, ह्याकरको आशंका
गिरोहका थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगञ्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएको प्रहरीको आशंका थियो ।

२०८० चैत १७ शनिबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । देशको आर्थिक नगरी भनेर चिनिने वीरगँजबाट भारी सँख्यामा कम्प्यूटरसहित चिनियाँ गिरोहका सदस्यहरु पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १५ लक्ष्मणवास्थित मठ नजिक रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी गरेर उनीहरुलाई पक्राउ गरेको हो ।
छापामारी गरि पर्सा प्रहरीले दुई जना विदेश नागरिक (चाइनिज) हरूलाई नियन्त्रणमा समेत लिएको हो ।
पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल नेतृत्वमा छापामारी गर्न पुगेको प्रहरी टोलीले त्यहाँबाट ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्नुका साथै अन्य साइबर अपराध सम्बन्धी गतिविधि गर्दै आएका थिए ।
गिरोहका थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगञ्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएको प्रहरीको आशंका थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…