जनकपुरमा आज धुमधामको साथ होली पर्व मनाइदै
जनकपुरधाममा रहेका बाँकीका समुदायसहित बुधबार मनाउने मुडमा रहेका केही समुदाय पनि मँगलबार नै होली पर्व मनाउने निर्णय गरेको हो । आज मँगलबार जनकपुरको ९८ प्रतिशत नागरिकले होली पर्व मनाइरहेका छन् भने केही व्यक्तिहरु भोली बुधबार मनाउने भएको छ ।

२०८० चैत १३ मंगलबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित आज धुमधामको साथ होली पर्व मनाइदैछ ।
सोमबार अन्तरगृह परिक्रमा सम्पन्न भएपछि आज मगँलबार जनकपुरधाम क्षेत्रभित्र होली पर्व मनाईदैछ । केही समुदायले मासु खानकै लागि पर्वलाई बुधबार सारेर मनाउने भएपछि चौतर्फी आलोचना भएको छ ।
विधिविधान र मिथिला परम्परा अनुसार जनकपुरधाममा मँगलबार (आज) नै होली पर्व भएपनि जनकपुरको केही समुदायले आफुखुसी होली पर्वलाई बुधबार मनाउने जनाएको छ । मँगलबार माछामासु नखाने भन्दै होली जस्तो पर्वलाई समेत बुधबार सारेपछि चौतर्फी आलोचना भएको छ ।
जनकपुरधाममा रहेका बाँकीका समुदायसहित बुधबार मनाउने मुडमा रहेका केही समुदाय पनि मँगलबार नै होली पर्व मनाउने निर्णय गरेको हो । आज मँगलबार जनकपुरको ९८ प्रतिशत नागरिकले होली पर्व मनाइरहेका छन् भने केही व्यक्तिहरु भोली बुधबार मनाउने भएको छ ।
जनकपुरधामका मेयर मनोज साहले समेत मँगलबार नै होली पर्व मनाउने जनकपुरवासीमा सन्देश जारी गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…