कमला नदीको पूल आफ्नै कार्यकालमा सम्पन्न गर्छौः मन्त्री महासेठ
देश विकासलाई प्राथमिकतामा राखेर नै गठबन्धन भएको बताउँदै उनले दोस्रो पटक उपप्रधानमन्त्री बनेका महासेठ पहिलो पटक बिहीवार गृहनगर जनकपुरधाममा आइपुग्दा उनलाई विमानस्थलमा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

२०८० चैत ९ शुक्रबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बहुप्रतिक्षित कमला नदीको पूल आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताएका छन् ।
विहिबार गृह जिल्ला धनुषा आउँदा जनकपुरधाम विमानस्थलमा सँचारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री महासेठले चार बर्षपछि एमालेबाट भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएको भन्दै आफ्नै कार्यकालमा विभिन्न पूलहरु र अन्य निर्माणहरु सम्पन्न गर्ने बताए ।
नेपाल सरकारका उपप्रधानमन्त्री समेत रहेका मन्त्री महासेठले आफ्नो गृह जिल्ला धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सरकारले पूर्वाधारलाई प्राथमिकतामा राखेकाले देशैभरि काम जनताले देखिनेगरि हुने बताए । एमाले—कांग्रेसबीच सहकार्यका विषयमा उनले भने,–‘वर्तमान सरकारले बाँकी अवधिसम्म सहकार्य गर्ने र प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग पनि सहकार्यको भावनाका साथ अगाडि बढ्ने छ ।’ यो सरकार बाँकी अवधिसम्म चल्छ ’ नेता महासेठले भने–‘प्रमुख प्रतिपक्षी भन्नुको अर्थ कांग्रेस ‘वेटिङ गभर्मेन्ट’ समेत भएकाले उसँग प्रतिपक्षमा होस् वा सरकारमा जहाँ भए पनि सहकार्य त हुन्छ नै, जो अहिले भइरहेको छ ।’ ‘गृहमन्त्री रवि लामिछानेका विषयमा कांग्रेसले उठाएको प्रश्न आफ्नो कित्तामा नउभिएपछिको आक्रोश हो’ उनले भने, यो विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेकाले दोषी देखिए कोही पनि सरकारमा बस्न सक्दैनन् ।
देश विकासलाई प्राथमिकतामा राखेर नै गठबन्धन भएको बताउँदै उनले दोस्रो पटक उपप्रधानमन्त्री बनेका महासेठ पहिलो पटक बिहीवार गृहनगर जनकपुरधाममा आइपुग्दा उनलाई विमानस्थलमा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…