जनकपुरका मेयर मनोजको बोली फुस्स, परिक्रमा आउनै लाग्दा अझै बन्द भएन परिक्रमा सडकमा माछामासु
यही चैत्त ११ गते परिक्रमाको धार्मिक लस्कर अन्तरगृह परिक्रमाको लागि जनकपुर आइपुग्नेछन् । सो सडकखण्डभित्र सदैवको लागि यी वस्तुहरुहरु विक्री वितरणमा रोक लगाए सूचनामा उल्लेख गरिएपनि मेयरलाई रतिभर भ्यालू गरिएको छैनन् ।

२०८० चैत ३ शनिबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको बोली फुस्स भएको छ । उनले केही दिन अगाडी निकालेको सूचनालाई जनकपुरका व्यापारीहरुले टेरेका छैनन् ।
धार्मिक नगरी मानिएको जनकपुरधाममा १५ दिने माध्यमिकी परिक्रमाको अन्तरगृह परिक्रमा सडक सीमा क्षेत्रभित्र माछा, मासु, मदिराको पसल बन्द गर्न उर्दी जारी गरेपनि मेयरको उर्दीलाई रतिभर पनि भ्यालू गरिएको देखिदैनन् ।
जनकपुरधामको धार्मिक भावनालाई कदर गर्दै भन्दै मेयर साहले गत माघ १२ गते नै परिक्रममा सडक क्षेत्रभित्र पर्ने कुनै पनि पसलमा माछा, मासु, मदिरा विक्री वितरण तथा सेवनको लागि निषेध गर्ने उर्दी जारी गरेका थिए । तर, मनोजलाई ती व्यापारीहरुले रतिभर मोल दिएका छैनन् ।
कागजमै सस्तो स्टण्टबाजी गरेका मेयर साहको निर्देशनलाई जनकपुरधामको परिक्रममा सडक भित्र पर्ने माछा, मासु, मदिराका पसलहरु अझै अबेर रातीसम्म सँचालनमै रहेको छ । परिक्रमा सडकमै पर्ने मधेश प्रदेश सरकारको मुख्य गेट अगाडी नै माछा,मासु मदिराको पसल अझै सँचालनमा रहेको छ ।
पीडारीचोक, कदमचोक, मुरलीचोक, विश्वकर्माचोक, जीरोमाईलचोक, भ्रमरपुराचोक, भानुचोक लगायतको चोकहरुमा परिक्रमा सडकभित्रै ती पसलहरु निर्वाध सँचालनमा रहेको छ ।
गत माघ महिनामा सूचना जारी गर्दै मेयर साहले धार्मिक आस्थालाई कदर गर्न उनले प्रत्येक बर्ष उठने मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर र धार्मिक मूल्य मान्यतालाई ध्यानमा राख्दै जनकपुरधाम उपहानगरपालिकाभित्र रहेको परिक्रमा सडक क्षेत्रभित्र माछा, मासु, अण्डा, पशुपंक्षी वध, मदिरा विक्री वितरण र सेवनमा समेत प्रतिबन्ध लगाएको भनेर सूचना जारी गरेका थिए ।
यही चैत्त ११ गते परिक्रमाको धार्मिक लस्कर अन्तरगृह परिक्रमाको लागि जनकपुर आइपुग्नेछन् । सो सडकखण्डभित्र सदैवको लागि यी वस्तुहरुहरु विक्री वितरणमा रोक लगाए सूचनामा उल्लेख गरिएपनि मेयरलाई रतिभर भ्यालू गरिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…