प्रचण्डले पुनः पाए विश्वासको मत
नेपाली काँग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले एमालेसहित पाँचदलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन्। काँग्रेसलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

२०८० फागुन ३० बुधबार, दिउँसो ३:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ सत्ता समिकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबार सँसदमा भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको हो। मत दिन्नमा १ मत खसेको छ।
मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।
नेपाली काँग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले एमालेसहित पाँचदलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन्। काँग्रेसलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, एमाले ,राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी (जसपा),एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत दलको समर्थन रह्यो। विपक्षमा काँग्रेस, जनमत, राप्रपा पार्टी लगायतले मत खसालेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…