आरती हत्या प्रकरणमा उनको देवर पनि जनकपुरबाट पक्राउ
गत जेष्ठमा ७ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत फेला परेकी थिइन । आरतीकी माईती पक्षले छोरीको हत्या गरेको भन्दै आरतीकी श्रीमान मोतिबाबु साह र ससुरा मदन मोहन साह विरुद्ध किटानी जाहेरी दिएका थिए ।

२०८० फागुन २४ बिहीबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आरती हत्या प्रकरणमा विगत ९ महिनादेखि धर्नामा बसेको परिवारलाई थप राहत मिलेको छ ।
आरती साहको हत्या भएको भन्दै विगत ९ महिनादेखि निरन्तर धर्नामा बस्दै आएकी उनकी आमा, बहिनी, बुवा र भाईले थप राहत महसुस गरेको छ । न्यायको लागि निरन्तर बर्षा, झरी, चिसो, शितलहरमा डटेर धर्ना बस्दै आएको हो ।
आरती साह हत्या प्रकरणमा जिल्ला हुदै सर्वोच्च अदालत सम्म सुनुवाई भइसककेको अवस्थामा बुधवार साँझ प्रहरीले आरतीकी देवर २७ वर्षीय रवि कुमार साहलाई पक्राउ गरेको छ ।
गत जेष्ठमा ७ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत फेला परेकी थिइन । आरतीकी माईती पक्षले छोरीको हत्या गरेको भन्दै आरतीकी श्रीमान मोतिबाबु साह र ससुरा मदन मोहन साह विरुद्ध किटानी जाहेरी दिएका थिए ।
सो मुद्दामा जिल्ला अदालत धनुषाले आरतीका श्रीमान मोतिबाबु साह र ससुरा मदन मोहन साहलाई पूर्व पक्षका लागि थुनामा पठाएका थिए । तर उच्च अदालत जनकपुरधामले सोहीमा दुवै जनालाई साधारण तारेकमा छोडेको थियो । पछि सर्वोच्च अदालते पनि सो मुद्दामा आरतीका पति मोतिबाबु साहलाई पूर्व पक्षका थुनामा र ससुरा मदन मोहन साहलाई १ लाख धरौटीमा छोडन आदेश गरेको थियो ।
यता, बुधवार प्रहरीले रवि कुमार साहलाई पक्राउ गरेपछि आरतीका ससुरा पक्षले जिल्ला प्रहरी कार्यालय अगाडि नाराजुलस प्रदर्शन गरेको छ । जाहेरी समेत नपरेका व्यक्तिलाई प्रहरी पक्राउ गरि आफ्नो परिवारमाथि अन्याय गरेको भन्दै उनीहरुले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् ।
प्रहरीले आफ्नो वाहीवाहीका लागि आफ्ना निर्दोष छोरालाई पक्राउ गरेको आरतीकी ससुरा मदन मोहन साहले आरोप लगाए । पक्राउ गरिएका साहलाई अविलम्व रिहा गर्नुपर्ने माग समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…