जलेश्वरमा माछा मासु प्रतिबन्ध
जलेश्वरको रामवि क्याम्पसको पूर्व, नेपाल पत्रकार महासँघ महोत्तरीको पश्चिम, जलेश्वर जिरोमाईल चोकदेखि दक्षिण र खैराचोक देखि उत्तरको भागमा माछा,मासु र मदिरा विक्री वितरण गर्न रोक लगाएको हो ।

२०८० फागुन २३ बुधबार, बिहान १०:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरमा तीनसम्म माछामासु विक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले तीनदिनसम्म माछा, मासु, मदिरा विक्री वितरणमा रोक लगाएको हो ।
धार्मिकस्थलको रुपमा परिचित जलेश्वरमा आउँदो २५ गते हुने महाशिवरात्रीलाई मध्यनजर गर्दै जिप्रका महोत्तरीले फागुन २४, २५ र २६ गतेसम्म जलेश्वरमा माछा, मासु र मदिरा विक्री वितरण नगर्न निर्देशन दिएको हो ।
शिवरात्रीमा जलेश्वरनाथमा लाग्ने भव्य मेला र पौराणिक मान्ययतालाई मध्यनजर गर्दै सौहार्दता कायम राख्न प्रशासनले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
जलेश्वरको रामवि क्याम्पसको पूर्व, नेपाल पत्रकार महासँघ महोत्तरीको पश्चिम, जलेश्वर जिरोमाईल चोकदेखि दक्षिण र खैराचोक देखि उत्तरको भागमा माछा,मासु र मदिरा विक्री वितरण गर्न रोक लगाएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…