विद्युत प्राधिकरण यदुकूहाका कर्मचारीको ठगी धन्दा, मिटरमा सील लगाउन भन्दै हजारौँ ठगी
मिटर बिग्रेमा, नयाँ मिटर जडान गरेको बेला नयाँ सील लगाउनुपर्ने भएमा सरकारी दस्तुर तोकिएको भएपनि उनीहरुले आफूखुसी रकम उठाएको आरोप छ । दस्तुर तिरेपछि प्राधिकरणले पुख्ता रसिद प्रदान गर्ने प्रावधान छ । तर, उनीहरुले बिना कुनै रसिदको स्थानीयहरुसँग नगद उठाएको आरोप छ ।

२०८० फागुन २३ बुधबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण यदुकूहा वितरण केन्द्र धनुषाका कर्मचारीहरुले मिटरमा सील ठोक्ने बहानामा हजारौँ रुपैयाँ ठगी गरेको पाईएको छ ।
मिटरमा सील नभएको अवस्थामा विधिवत रुपमा गर्नुपर्ने निःशुल्क सीलको लागि विद्युत प्राधिकरण यदुकूहाका कर्मचारी महेश कुमार महतोले हजारौँ रुपैयाँ उठाएर ठगी गरेको बताईएको छ ।
विदेह नगरपालिका वडा नम्बर ३ दुबही गोबराहीस्थित मिटरमा सील नभएको भन्दै महतोसहित उनका अन्य एक जना कर्मचारीले यदुकूहा जानुभन्दा आफूहरुलाई नै केही रकम दिएर सील गर्न लगाउन भनेको बताईएको छ । स्थानीयहरुका अनुसार, सुरुमा सील नलगाएमा पक्राउ गर्ने धम्की दिँदै पछि कोही १५ सय त कोही १ हजार रुपैयाँ दिएपछि सील लगाईदिएको गुनासो गरिएको छ ।
मिटर बिग्रेमा, नयाँ मिटर जडान गरेको बेला नयाँ सील लगाउनुपर्ने भएमा सरकारी दस्तुर तोकिएको भएपनि उनीहरुले आफूखुसी रकम उठाएको आरोप छ । दस्तुर तिरेपछि प्राधिकरणले पुख्ता रसिद प्रदान गर्ने प्रावधान छ । तर, उनीहरुले बिना कुनै रसिदको स्थानीयहरुसँग नगद उठाएको आरोप छ ।
विद्युत प्राधिकरणका एक इन्जिनीयरका अनुसार, कुन समस्या भएर सील काटिएको भए सोही अनुसार न्यूनत्तम दस्तुर तोकिएको बताउँदै बिना रसिदको रकम उठाउनु गैर कानुनी रहेको बताए ।
गोबराहीका एक दर्जन बढी स्थानीयहरुसँग ५०० देखि १५०० सम्म रुपैयाँ उठाएर लगेको बताईएको छ । यस सन्दर्भमा आरोपित कर्मचारी
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…