मधेशमा मुख्यमन्त्री दिए केन्द्र सरकारमा जान्छौँः डा. सिके राउत
बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ जनाईएको छ । सत्ता गठबन्धन फेरिने भएपछि मधेशमा समेत सरकार परिवर्तन वा मन्त्रीमण्डल परिवर्तनको सँकेत प्रवल देखिएको हो ।

२०८० फागुन २१ सोमबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले केन्द्र सरकारमा सहभागी हुनको लागि मधेशको मुख्यमन्त्री मागेका छन् ।
मधेश प्रदेशमा मुख्यमन्त्री दिए नयाँ सत्ता गठबन्धनमा सहभागी हुने शर्त डा. राउतले राखेको हो । नेपाली काँग्रेस सम्मलित गठबन्धनसँग ब्रेकअप गरी प्रधानमन्त्री प्रचण्डले एमाले, जसपा, रास्वपा र जनमतलाई सँगै लिएर जाने भनेपछि जनमतले आकस्मिक बैठक राख्दै मधेशमा मुख्यमन्त्री पाउने शर्त राखेको बुझिएको हो ।
बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ जनाईएको छ । सत्ता गठबन्धन फेरिने भएपछि मधेशमा समेत सरकार परिवर्तन वा मन्त्रीमण्डल परिवर्तनको सँकेत प्रवल देखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…