सत्ता गठबन्धनको बैठक स्थगित, एमाले र माओवादीको इमरजेन्सी बैठक, सत्ता पल्टने सँकेत
एमालेको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।

२०८० फागुन २१ सोमबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज बिहानै बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज (सोमबार) बिहान ८ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएकोमा उक्त बैठक स्थगित भएपछि एमाले र माओवादीको बैठक सुरु भएको हो ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो तर बैठक स्थगित भएपछि एमाले र माओवादीले छुटाछुट्टै इमरजेन्सी बैठक बसाएको हो ।
एमालेको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।
यस्तै, नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…