अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गरौँ, पक्की घर भएपनि भत्काएर खाली हुन्छः सिडिओ पाण्डे
जिल्लाभरिमा रहेका सरकारी, ऐलानी, पर्ती, मठमन्दिर लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा ल्याएका व्यक्तिमाथि १० दिनभित्र जानकारी गराउन समेत जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ ।

२०८० फागुन १९ शनिबार, बिहान १०:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न गाउँ, शहरमा अतिक्रमण गरिएको सार्वजनिक जग्गा वा सरकारी जग्गाको बारेमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय धनुषाले अनुरोध छ ।
विभिन्न गाउँ टोलमा अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गर्दै त्यस्ता जग्गाहरुको बारेमा जानकारी गराउन निर्देशन दिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले सरकारी, गुठी संस्थान लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएकाहरुलाई खाली गर्न निर्देशन जारी गरेको हो ।
सार्वजनिक जग्गाको दुरुपयोग र बिक्री–वितरण गर्ने, धितो बन्धक राख्ने लगायतको पाइएमा कानुन बमोजिम कारबाही गरिने जारी सूचनामा उल्लेख छ ।
जिल्लाभरिमा रहेका सरकारी, ऐलानी, पर्ती, मठमन्दिर लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा ल्याएका व्यक्तिमाथि १० दिनभित्र जानकारी गराउन समेत जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ ।
धनुषा जिल्लाको विभिन्न गाउँ टोलमा सयौँ विघा सार्वजनिक सम्पति हडपिएको छ । सार्वजनिक जग्गा हडपिएर घर समेत बनाएपनि घर भत्काउने प्रशासनले जनाएको हो ।
न्यूज ब्यूरोसँगको कुराकानीमा सिडिओ पाण्डले घर बन्दै गरेको वा बनाईएको अवस्थामा समेत लागत तयार गरी निराकरण गर्ने बताए । उनले विभिन्न स्थानबाट ईमेल मार्फत समेत जानकारी धमाधम आउन थालेको बताउँदै कित्ता नम्बर थाहा नभएपनि चौतर्फीमा वडा नम्बर र सँकेत गरी निवेदन गर्न सकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…