काठमान्डौँमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि महतोलाई धक्कामुक्की, एक जना बेहोस
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर महतोले यति बेला छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । उनले चाँडै आफ्नो नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । आजको कार्यक्रम अघि नेता महतोले कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिएका थिए ।

२०८० फागुन १६ बुधबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपाल सरकारले लागू गरेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सीसमेत परेको छ ।
‘हाम्रो भूमिका हामीलाई निषेध गर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरतर्फ अघि बढेका थिए । यसक्रममा उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सी परेको थियो । भद्रकाली क्षेत्रमा प्रदर्शनकारीलाई रोक्ने क्रममा एक जना प्रदर्शनकारी बेहोससमेत बनेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर महतोले यति बेला छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । उनले चाँडै आफ्नो नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । आजको कार्यक्रम अघि नेता महतोले कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…