बिना कारण मधेशको नीति आयोगबाट डा. सोहन साहलाई हटाएपछि जनमतले गरे सँसद अवरुद्ध
विरोधकाबीच बैठकमा सभामुख मण्डलले खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहलाई प्रदेश बाल अधिकार ऐन २०७७ लाई संशोधनको प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । मन्त्री साह रोष्टमतर्फ जाँदै गर्दा जनमत पार्टीका सांसदहरुले सरकार र मूख्यमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रदेश सभा बैठक १० मिनेटकालागि स्थागित गरिएको छ ।

२०८० फागुन १५ मंगलबार, राति ९:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश नीति तथा योजना आयोग, मधेश प्रदेश सदस्यबाट डा. सोहन प्रसाद साहलाई पदबाट हटाएको भन्दै जनमत पार्टीले सँसद अवरुद्ध गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नीति आयोगबाट डा. साहलाई बिना कारण हटाएको भन्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको सँसद अवरुद्ध गरेको हो ।
एक निराधार र गोप्य सूचनाका आधारमा साह हुलाकी राजमार्गमा रोजगारी तथा सामाजिक आर्थिक विकासको जुक्ति खोज्दै हुलाकी राजमार्ग यात्रा गरेका थिए।
उक्त यात्रा पार्टी बिशेष रहेको कारणले उनलाई पदबाट पद मुक्त गरेको जनाईएको छ। उनि केहि महिना अघि जनमत पार्टीबाट नीति तथा योजना आयोगका सदस्य भएका थिए। जनमतलाई खोजी खोजी सरकारले हटाउन थालेपछि जनमतले सँसद अवरुद्ध गरेको हो ।
मँगलबारको मधेश प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले बैठकमा नारावाजी गरेका छन् ।
यस्तै, प्रदेशसभाको बैठक सुरु हुना साथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफनो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठि चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले जवाफ दिनु पर्ने भन्दै विरोध जनाए ।
मंगलबार मधेश प्रदेश सभाको बैठक सुरु हुन साथ जनमत पार्टीका सांसदहरु उभिएर मुख्यमन्त्रीले जवाफ नदिए बैठक चल्न नदिने अडान लिएका थिए ।
विरोधकाबीच बैठकमा सभामुख मण्डलले खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहलाई प्रदेश बाल अधिकार ऐन २०७७ लाई संशोधनको प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । मन्त्री साह रोष्टमतर्फ जाँदै गर्दा जनमत पार्टीका सांसदहरुले सरकार र मूख्यमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रदेश सभा बैठक १० मिनेटकालागि स्थागित गरिएको छ ।
मन्त्री साह रोष्टमतर्फ जाँदै गर्दा जनमत पार्टीका सांसदहरुले सरकार र मूख्यमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रदेश सभा बैठक १० मिनेटकालागि स्थागित गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फागुन ६ गते प्रदेश सभामा विश्वसको मत लिने पनि जनमतका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…