स्कोरपियोले मोसालाई ठक्कर दिँदा दुई युवकको मृत्यू
उनीहरु भारतीय नम्बर प्लेटको बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकलमा सवार थिए। सर्लाहीबाट रौटहट फर्कि‌ँदै गरेका युवा सवार मोरसाइकललाई तीव्र गतिको स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएको हो।

२०८० फागुन १५ मंगलबार, बिहान ११:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । तीव्र गतिको स्कोरपियोले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना युवकको मृत्यू भएको छ ।
मधेश प्रदेशको सर्लाही जिल्लास्थित कौडेनामा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको हो।
सोमबारराति करिब ९ः१५ बजेको समयमा हुलाकी राजमार्गमा पर्ने कौडेना गाउँपालिका वडा नम्बर ३ मा भारतीय स्कारपियोले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपाली युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
घटनामा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको प्रवक्ता पञ्जियारले बताए । सोही दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताईएको छ ।
उनीहरु भारतीय नम्बर प्लेटको बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकलमा सवार थिए। सर्लाहीबाट रौटहट फर्किँदै गरेका युवा सवार मोरसाइकललाई तीव्र गतिको स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनापछि भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियोका चालक फरार भएका प्रहरीले जनाएको छ।
‘हामी उनको खोजी गरिरहेका छौँ,’ डीएसपी पञ्जियारले भने, ‘दुर्घटनामा अरु कोही घाइते भएका छैनन्। दुबै सवारी साधन हाम्रो नियन्त्रणमा छन्।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…