भोली धनुषा आउँदै पूर्व राष्ट्रपति भण्डारी
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर स्थित क्षिरेश्वर जनता माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

२०८० फागुन १३ आइतबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा हुन लागेको राष्ट्रिय महिला हक्की प्रतियोगिताको उदघाटन गर्न पूर्व राष्ट्रपति विद्या देवी भण्डारी धनुषा आउने भएकी छन् ।
धनुषाको महेन्द्रनगरमा आयोजन हुने प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उदघाटन गर्न उनी धनुषा आउन लागेकी हुन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर स्थित क्षिरेश्वर जनता माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा टिम सहभागी हुने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
जसमा ६ वटा प्रदेश, १ विभागीय र एक आयोजक टिम रहने छ । १४४ जना महिला खेलाडी खेलमा सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार, द्वितीय पुरस्कार १ लाख र तृतीय पुरस्कार ५० हजार रहेको तथा उत्कृष्ट खेलाडीलाई १० हजार दिइने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…