नापी कार्यालयका हाकिम यादव निलम्बन

२०८० फाल्गुण ११ शुक्रबार
बेलुकी ५:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नापी कार्यालयका नापी सर्वेक्षकसहित पाँचजनामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । 

 ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाए बापत दुई लाख ५० हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यादवले सो दुई लाख ५० हजार रुपैयाँ रकममध्ये एक लाख ५० हजार रुपैयाँ बिचौलिया विनोद अधिकारीलाई लिन लगाई  लिएको र भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरबाट जग्गाधनी पुर्जा बनाएबापत नायब सुब्बा प्रदीप पौडेललाई दिन एक लाख रुपैयाँ रकम माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार मुख्य कसुरदार बिचौलिया विनोद अधिकारीविरुद्ध बिगो एक लाख ५० हजार र पौडेलविरुद्ध एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यस्तै, लेखापढी व्यवसायी आशिषराज बस्नेत र दिनेश बन्जारालाई एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मोनास्टिकका डाइरेक्टर सोनुको नेतृतवमा गुगल एजुकेटर ग्रुप (GEG) जनकपुरको शुभारम्भ

  • २०८० फाल्गुण ११ शुक्रबार

न्यूज ब्यूरो, जनकपुधाम । गुगल एजुकेटर ग्रुप (GEG) जनकपुर को आधिकारिक शुभारम्भ मोनास्टिक स्कूल/कलेज मा सम्पन्न भएको छ । यो नेपालमा दोस्रो न्भ्न् अध्याय हो र यो पहलले शिक्षामा डिजिटल परिवर्तनको

पूरा पढ्नुहोस्

Bureau Menus