झोलुँगे पूलको उदघाटन गर्न कमला नदी आउँदै प्रचण्ड

२०८० फाल्गुण ११ शुक्रबार
बेलुकी ५:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली शनिबार धनुषा आउने भएका छन् । धनुषा र सिरहा जोडने देशकै लामो पुल भनिएको झोलुँगे पूलको उदघाटन गर्न कमला नदी आउने भएको छ । 

प्रधानमन्त्री प्रचण्ड भोली शनिबार दिउँसो १२ बजेसम्म जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ६ कठाल पुग्ने कार्यक्रम रहेको छ । प्रचण्डले विधिवत रुपमा उदघाटन गरेपछि पुल निर्वाध सँचालनमा आउने स्वयँमसेवक एवम् ईन्जिनीयर विनोद मण्डलले जानकारी दिए । 

प्रधानमन्त्री आउने भएपछि सो क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको हो । नेपाल भारतको सीमादेखि केही मात्र दुरीमा रहेको उदघाटनस्थललाई सुरक्षा चुस्त पारिएको माओवादीका नेताहरुले जनाएको हो । 

केही दुरीमा रहेको बहुप्रतिक्षित भाँसिएको कमला पूलमा समेत लैजाने कार्यक्रम रहेको छ । कमला पूलमा प्रत्यक्ष रुपमा नीरिक्षण गरी कमला पूल सँचालनको बाटो खोज्ने बुझिएको हो । यद्यपी, कमला पूलको पुनः निर्माण धमाधम भईरहेको छ । 

करिब २८ करोडको लगानीमा निर्माण भएको झोलुँगे पूल १५०१ मिटर लामो बनेको हो । सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण सम्पन्न भएको कमला झोलुँगे पूल समय अगावै सँचालनमा आएको हो । असारसम्म सँचालन हुने भनिएपनि माघ महिनादेखि नै सँचालनमा ल्याएको हो । 

झोलुँगे पूलमा एकै पटक २५०० जना मानिस चढन सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहेको झोलुँगे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नम्बर १३ मल्हनीयाँ गम्हरियासम्म रहेको छ । 

  • 1%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८० फाल्गुण ११ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus