
न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौँमा वीरगँजका एक दम्पतिसँग दुरव्यवहार गर्ने नक्कली डिएसपीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति काठमाडौँ उपत्यका लाजिमपाट सडक अन्तर्गत राति १० बजे १ जना व्यक्तिले अर्को गाडीमा सवार दम्पतिलाई अबद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा त्यो अभद्र व्यवहार गरेको भिडियो आएपछि र त्यसमा केही साम्प्रदायिक विविध पूर्णरुपको शब्दहरु पनि प्रयोग गरेको पाईएपछि प्रहरीले नक्कली डिएसपीलाई पक्राउ गरेको हो ।
त्यसबारे धेरै नै नकारात्मक टिप्पणी भयो मान्छेहरुले यस्तो किसिमको व्यवहार असह्य रहेको र संघीय राजधानीको सहरमा देशकै एउटा मुख्य सहरको नागरिकलाई त्यो व्यवहार गर्नु राम्रो होइन भन्ने टिप्पणी हुन थालेपछि नेपाल प्रहरीले नक्कली डिएसपी बनेर थर्काउने पुरुषलाई पक्राउ गरेको हो ।
यस्तो थियो घटनाः
शनिबार राति १० बजे बीरगञ्ज निवासी अङ्कित गुप्ता आफ्नो श्रीमतीसँग घरतिर जाँदै थिए। बाटोमा अर्को सवारी साधनमा मदिरा सेवन गरेर सवारी साधन चलाइरहेका थिए ।
नेपाली कांग्रेसका नेता चीज कुमार श्रेष्ठका छोरा प्रवीण श्रेष्ठ, स्वर्गीय चिजकुमार श्रेष्ठ नेपाली कांग्रेसका पूर्व प्रभावशाली नेता धादिङबाट राजनीति गर्दथिए। प्रविन श्रेष्ठले अङ्कितलाई धेरै नै अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्दै आफू नेपाल प्रहरीको डीएसपी रहेको र म जेसुकै गर्न सक्छु भनेर धम्काएको देखिन्छ।
अङ्कित र उनका श्रीमतीले भने निकै शालिन तरिकाले दाइ तपाईँले साइडलाइट हेर्नुभएन मेरो गल्ती छैन , भनेर अनुरोध गरेको र शालिन तरिकाले नै भद्र तरिकाले नै व्यवहार गरेको त्यो भिडियोमा देख्न सकिन्छ। आइतबार बिहानैदेखि यो भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो। नेपाल प्रहरीको ध्यानाकर्षण गराइयो। त्यसपछि नेपाल प्रहरी सक्रिय भए र त्यो व्यक्ति को हुन् भनेर पत्ता लगाउन थाले र केही घण्टामै सबै कुरा पत्ता लगाएर प्रविन श्रेष्ठलाई पक्राउ गरियो र काठमाडौँको दरबार मार्ग स्थित नेपाल प्रहरीको कार्यालयमा लिएर आएर त्यहाँ थुने।
प्रविन श्रेष्ठले तीनवटा गल्ती एकैचोटी गरेको पाइन्छ एउटा आफू नेपाल प्रहरीको कुनै पनि जिम्मेवारी पदमा नरहेको भए तापनि आफूलाई नेपाल प्रहरीको डिएसपी भनेर मान्छेलाई धम्काउने काम गरेको, दोस्रो गल्ती मदिरा सेवन गरेर सवारी साधन चलाएको, र सबैभन्दा ठूलो गल्ती आफूले आफू नेपाली हुँ भन्दै गर्दा अरुलाई अरुको नागरिकता मागेर अपहेलना गरेको अपशब्द प्रयोग गरेको र उसलाई सामाजिक रुपमा दुर्व्यवहार गरेको।
यो तिनै गल्तीको कारण प्रविन श्रेष्ठलाई कडा कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा निकै नै कमेन्टहरु आइरहेको छ। यो भिडियो अहिलेसम्म ५० लाख भन्दा धेरै मान्छेले हेरिसके र सबैले प्रविण श्रेष्ठ जो नेपाली कांग्रेसका स्वर्गीय नेता धादिङका नेपाली कांग्रेसका चिज कुमार श्रेष्ठका छोरा हुन् उनलाई हदैसम्मको कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा यथेष्ट रुपमा माग देख्न सकिन्छ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८० फाल्गुण ७ सोमबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्