जनकपुरमा प्रशासनको काउण्टरः सरस्वति पूजामा यी गतिविधि गरिए बाटोमै पर्नेछ पक्राउ 

२०८० माघ २९ सोमबार
बेलुकी ५:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला प्रशासनले सरस्वति पूजाको अवसरमा हुने गरेको विकृतिलाई न्यूनिकरण गर्नको लागि नक्कली प्रेमिप्रेमिका, उच्छृँगकर्ताहरुमाथि काउण्टर गर्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै सरस्वति पूजाको अवसरमा चर्को साउण्डमा डिजे बजाउने, पूजाको नाममा अश्लिल गीत बजाउनेलाई तत्कालै कारवाही गरिने चेतावनी दिएको छ । 

प्रशासनले सरस्वति पूजाको नाममा बाटोघाटोमा चन्दा असुल्ने, पूजाको दिन जबरदस्ती अबिर, रँग दल्ने, बालबालिकाहरुलाई जिस्काउने, मादक पदार्थ सेवन गरी झै झगडा गर्ने, उच्छृँगल गतिविधि गर्नेलाई प्रहरीले तत्कालै बाटोबाट उठाएर कारवाही गर्ने चेतावनी दिएको हो । 

सरस्वति पूजाकै दिन पश्चिमी सँस्कृतिको विकृति भ्यालेन्टाइन डेको नाममा हुने गतिविधिलाई प्रशासनले समेत निगरानीमा राखेको हो भने बजरँग दलले कार्यकर्ता नै परिचालन गरी कारवाहीको चेतावनी दिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारती जस्तै 'आरती' लाई पनि न्याय देउ सरकार !

  • २०८० माघ २९ सोमबार

सम्पादकीय । न्याय व्यवस्था मरिसकेको भनेर थेगो भएको अवस्थामा विहिबार सर्वोच्च अदालतले दिएको निर्णयले न्याय व्यवस्था देशमा अझै जीवित छ भनेर अनुभूति दिलायो । हत्या मुद्दामा जेल सजाय काटिरहेका गुण्डा नाईके

पूरा पढ्नुहोस्

Bureau Menus