Close This

छुटेनन राजपुर बम काण्डका आरोपि पुर्व मन्त्री आलम ,आयो यस्तो आदेश

२०८० माघ २८ आइतबार
रति ८:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट ।  राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश भएको छ।

जिल्ला अदालत रौतहट गौरको न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा आइतबार साक्षी झिकाउन आदेश दिएको हो। 

आलमविरुद्धको मुद्दामा आज प्रतिवादीको तर्फबाट अधिवक्ता लालबाबु राय, महम्द साबिर हुसेन, मजरुल हक, अफताब आलमले बहस गरेका थिए।  त्यस्तै वादिको तर्फबाट भने अधिवक्ता पुष्प पौडेल र जिल्ला न्यायधिवक्ता बद्री कुमार कार्किले बहस गरेका थिए।

१८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ। आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'राजर्षि जनक विश्वविद्यालयको विवाद राजनीतिकरण नगरौँ, नत्र ध्वस्त हुन्छ'

  • २०८० माघ २८ आइतबार
  • शशिकान्त मण्डल

भर्खरै केही दिन अगाडी हाम्रो राजर्षी जनक विश्वविद्यालयले ६० वटा शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएको विषय सबैलाई ज्ञात नै होला।  यस विश्वविद्यालयका केन्द्रीय कार्यालयले एकैपटक ६० वटा शैक्षिक संस्थालाई सम्बन्धन दियो भनेर

पूरा पढ्नुहोस्

Bureau Menus