बोल्न नसक्ने बालिकालाई घरबाट उठाएर डाँकाहरुले गरे पालैपालो बलात्कार, तीन युवक पक्राउ

२०८० माघ २७ शनिबार
बिहान ०९:३७ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर, साँकेतिक प्रयोजन

न्यूज ब्यूरो, जलेश्वर ।  महोत्तरीमा भएको डकैतीको क्रममा एक बोल्न नसक्ने बालिकालाई उठाएर पालैपालो बलात्कार गरेको छ । 

महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर १ स्थित घरमा गत मंगलबार मध्यरातपछि लुटपाट तथा १५ वर्षीया बालिकालाई जबर्जस्ती सामूहिक बलात्कार गरेका आरोपमा तीनजनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार डाँका तथा सामूहिक बलात्कारमा संलग्न रहेका आरोपमा सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी पक्राउ परेका हुन् ।

मंगलबार राति साढे १ बजेको समयमा चारजनाको समूहमा आएकाहरूले बालिकाले लगाएका आमाका गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर उनलाई पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

घटना भएको वडाका अध्यक्ष विपिन बिहारीले विभिन्न सञ्चारमाध्यलाई जनाएअनुसार आर्थिक अवस्था कमजोर भएका कारण बालिका बोल्न नसक्ने आमा र हजुरआमासँग मामाघरमा बस्दै आएकी थिइन् । बालिकालाई खेतमा लाँदा लुटेराहरूले आमा र हजुरआमालाई घरमा थुनेका थिए ।

  • 0%
  • 2%
  • 0%
  • 1%
  • 86%
  • 11%

धनौजी गाउँपालिकाले हटाएको स्वास्थ्य शाखा प्रमुख मण्डललाई अदालत गरे स्थापित 

  • २०८० माघ २७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुखबाट हटाईएका कर्मचारी गौरीशँकर मण्डललाई अदालत पुनः स्थापित गर्न अन्तरिम आदेश दिएको छ ।  मण्डललाई स्वास्थ्य शाखा प्रमुखबाट हटाएर उमेर साहलाई स्वास्थ्य

पूरा पढ्नुहोस्

Bureau Menus