सरस्वति पूजामा डिजेमा धार्मिक भजन बाहेकका गीतहरु बजाए डिजे उठाउँछौँः हिन्दु सम्राट सेना

२०८० माघ २६ शुक्रबार
रति ८:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु सम्राट सेनाले सरस्वति पूजा अवधिभर डिजेमा धार्मिक गीतसँगीतभन्दा उच्छृँगल, अश्लिल गीतहरु बजाएर डिजे उठाउने चेतावनी दिएका छन् ।

जनकपुर क्षेत्रमा धार्मिक तर्फ शक्तिशाली बन्दै गएको हिन्दु सम्राट सेनाका युवाहरुले सरस्वति पूजामा डिजे, हर्न, लाउडस्पीकरमा धार्मिक गीत बाहेकका गीतहरु बजाएमा तत्कालै ठाउँको ठाउँ डिजे उठाउने तयारी गरेको बताईएको छ । 

जनकपुरधाममा विभिन्न स्कूल, कलेज वा चौक चौराहामा मनाइने सरस्वति पूजाको क्रममा धार्मिक गीत बाहेक अन्य गीतहरु बजाएमा प्रशासन बिनाको कारवाही स्वरुप डिजे, बक्सा, लाउडस्पीकर उठाएर प्रशासनलाई जिम्मा लगाउने बताएको हो । 

हिन्दु सम्राट सेनाका सदस्य जमुना साहले जनकपुरधामको सबै कलेज, स्कूल, चौकचोराहामा हिन्दु सम्राट सेनाका सदस्यहरु निगरानी गर्ने बताउँदै सरस्वति पूजाको नाममा हुन थालेको छाडापन, विकृति बन्द गर्नको लागि यस्तो निर्णय गरेको बताए । 

उनले प्रशासनले विभिन्न समयमा यस्ता गीतहरु, धार्मिक स्थलमा धार्मिक बाहेकका अश्लिल गीतहरु नबजाउन आग्रह गरेपनि अटेरी गरेको बताउँदै यसपाली हिन्दु सम्राट सेनाले गरेर देखाउने चुनौति दिए । 

सोही क्रममा हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवले डिजे उठाउने तयारी गरेको स्पष्ट पारे । उनले जनकपुरधाम धार्मिक गीतले गुञ्जायमान हुनुपर्ने बताए । पूजाको नाममा उच्छृँगल गतिविधि यसपालीदेखि सह्य नहुने उनले चेतावनी दिए । 
 

  • 61%
  • 4%
  • 2%
  • 2%
  • 0%
  • 2%

नेपालमा राजतन्त्र ल्याउनु दिवास्वप्न होः अध्यक्ष यादव

  • २०८० माघ २६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताएका छन् । जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उदघाटन गर्दै उनले नेपाली जनताको

पूरा पढ्नुहोस्

Bureau Menus