रौतहटको गरुडास्थित फर्जी लाईसेन्स र फर्जी डाक्टरले अस्पताल सँचालन, लाखौँको कर छली
एउटा चिकित्सकको एउटा काउन्सिल नम्बर हुनुपर्नेमा आफूलाई डाक्टर भनेर स्वघोषित गरेका जयसवालले विभिन्न काउन्सिलहरु उल्लेख गरेका छन् । एकुपँचर डिग्री गरेर उनले डाक्टर लेख्न नपाएपनि उनले बोर्डमा आफूलाई डाक्टर लेखेका छन् ।

२०८० माघ २५ बिहीबार, राति ८:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहटस्थित एक अस्पताल बिना लाईसेन्सको सँचालनमा रहेको पाईएको छ । अस्थायी लाईसेन्स एक्सपायर (अवधी समाप्त) भएपनि नििरन्तर विगत ७ बर्षदेखि गैर कानुनी रुपमै सँचालनमा रहेको आनन्द पोलिक्लीनिकमा नक्कली डाक्टरले चेकजाँच गरिरहेको छ ।
मानिसको अति संवेदनशिल मानिएको स्वास्थ्यसँग दिनहुँ खेलवाड गर्ने आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर प्रा.लि. विगत ७ बर्षदेखि नै गैर कानुनी रुपमा सँचालनमा रहेको छ ।
वि.सं. २०७८ सालमा लिएको अस्थायी लाईसेन्समा १५ बेड सँचालन र ६ महिनाका अस्थायी अवधी तोकिएपनि अहिलेसम्म सोही म्याद सकिएको लाईसेन्समा सयौँ बेडको अस्पताल सँचालन गरी सरकारको लाखौँ रुपैयाँ कर छली गर्दै आएको पाईएको छ ।
१५ बेड सँचालनको लागि स्थानीय तह तथा त्योभन्दा अधिक बेड सँचालनको लागि प्रदेशबाट अनुमति लिनुपर्ने प्रावधान रहेपनि सरकारको कर छली गर्दै आएको हो । योग्यता नै नपुगेको डाक्टरको नाममा लाईसेन्स लिएर अस्पताल सँचालन गर्दै आएको हो ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर स्थित रहेको आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर प्रा.लि.मा अझै पनि एनएमसिमा नाम नै नभएको नक्कली डाक्टर उमेश जयशवाल अझै विरामी चेकजाँच गर्ने गरेको छ । नक्कली लाईसेन्स र नक्कली डाक्टरले धानेको सो अस्पतालले लाखौँ रुपैयाँ कर छली गर्दै आएको हो ।
सो पोलिक्लीनिकमा ७५ प्रतिशत विरामी भारतबाट आउने गरेको छ । सो क्लीनिकमा हुने अन्य काण्डहरु पनि प्रशासनकै मिलोमत्तोमा दबाउने गरिएको तथ्य नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।
पोलिक्लीनिकका चिकित्सक उमेश जयसवालसँग भारतबाट किनेर ल्याएको फर्जी डिग्री रहेको आरोप छ । उनले कोलकत्ताबाट पढेर बिना काउन्सिल नम्बरकै गैर–कानुनी रुपमा पोलीक्लीनकमा विरामी चेकजाँचदेखि उपचारसम्म गरिरहेको बुझिएको छ । यसबारे उनको डिग्रीको सबालमा उनले देखाउन मानेनन् ।
एउटा चिकित्सकको एउटा काउन्सिल नम्बर हुनुपर्नेमा आफूलाई डाक्टर भनेर स्वघोषित गरेका जयसवालले विभिन्न काउन्सिलहरु उल्लेख गरेका छन् । एकुपँचर डिग्री गरेर उनले डाक्टर लेख्न नपाएपनि उनले बोर्डमा आफूलाई डाक्टर लेखेका छन् ।
जयसवालले आफूलाई बरिष्ठ डाक्टरको रुपमा परिचय दिँदै आएका छन् । उनले पोलिक्लीनकमा ५ बेडको लागि मात्र दर्ता रहेको स्वीकारे । तर, ५० देखि ५५ वडा बेड सँचालन गरी सरकारको करोडौँ रुपैयाँ राजस्व छली गर्दै आएको छ ।
बर्षौदेखि गैरकानुनी अस्पताल सँचालनमा रहेपनि स्थानीय तह वा प्रदेश प्रशासनले उनलाई कारवाहीको दायरामा ल्याउन सकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…