नापीका सर्भेक्षक र लेखनदास १ लाख घुससहित रँगेहात पक्राउ
सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

२०८० माघ २४ बुधबार, राति ८:५१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नापी कार्यालयमा कार्यरत सरकारी कर्मचारी र एक लेखापढी कर्मचारी घुससहित रँगेहात पक्राउ परेका छन् ।
नापी कार्यालय कलंकी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेल एक लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका हुन् ।
सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
दुवै जनालाई नापी कार्यालयबाटै नियन्त्रणमा लिईएको प्रवक्ता नरहरी घिमिरेले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…