मधेश सरकारबाट एमाले पनि समर्थन फिर्ता लिने मुडमा
१०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ जना सदस्य छन् । एमालेका २३ जना प्रदेशसभा सदस्य छन् । एमालेले प्रमुख प्रतिपक्ष दलको हैसियत गुमाउनुपर्ने अवस्था आएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विकल्प रोज्ने योजना बनाएको छ । जनमत पार्टीले प्रतिपक्षको भूमिका खोजेपछि प्रदेशसभाका सभामुख मण्डलले एमालेसँग छलफल गरेका थिए । सो छलफलमा एमालेले बरु आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने तर प्रमुख प्रतिपक्ष दलको भूमिका नछाड्ने जनाएको स्रोतको भनाइ छ ।

२०८० माघ २० शनिबार, बिहान ९:४७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिए पनि नेकपा एमालेले भने समर्थन कायम राख्ने भएको छ ।
जनमतले समर्थन फिर्ता लिएपछि एमालेले पनि समर्थन फिर्ता लिने आकलन गरिएको थियो । तर, एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले भने समर्थन फिर्ता लिने उपयुक्त समय नआएको बताएका छन् । एमाले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउँदै सरकारलाई सहीबाटोमा डोर्याउने काम गरिरहेको बताए ।
अहिले प्रतिपक्षी दलका रुपमा रहेको एमालेले भने मधेश सरकारप्रति समर्थन कायम राख्दै आएको छ । त्यसैले जनमत पार्टीले अब आफू प्रमुख प्रतिपक्ष दल हुनुपर्ने दाबी गरेको छ । सरकारलाई दिएको समर्थन कायम राख्ने हो भने प्रमुख प्रतिपक्षी दलको हैसियत गुम्ने खतरा देखिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेको स्रोत बताउँछ ।
जनमत पार्टीका मधेश प्रदेश सभाका प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवले आफ्नो दललाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन माग गर्दै सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाइसकेको छ । सरकारलाई समर्थन जनाएका कारण एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रहन नमिल्ने जिकिरसहित जनमत पार्टीले आफू सरकारमा नरहेको र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका कारण प्रतिपक्षको मान्यता पाउनुपर्ने दाबी गरेको छ ।
प्रतिपक्षी दलका लागि कम्तीमा १० प्रतिशत सांसद रहेको र सरकारमा सहभागी नभएको दललाई प्रतिपक्ष दलको मान्यता दिनुपर्ने हुन्छ । यसअघि एमाले, जनमत लगायतका सबै दलले जसपा नेतृत्वको सरकारलाई समर्थन दिएका थिए । अहिले जनमतले समर्थन फिर्ता लिएपछि प्रतिपक्षी दलको भूमिका खोजेको छ ।
१०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ जना सदस्य छन् । एमालेका २३ जना प्रदेशसभा सदस्य छन् । एमालेले प्रमुख प्रतिपक्ष दलको हैसियत गुमाउनुपर्ने अवस्था आएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विकल्प रोज्ने योजना बनाएको छ । जनमत पार्टीले प्रतिपक्षको भूमिका खोजेपछि प्रदेशसभाका सभामुख मण्डलले एमालेसँग छलफल गरेका थिए । सो छलफलमा एमालेले बरु आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने तर प्रमुख प्रतिपक्ष दलको भूमिका नछाड्ने जनाएको स्रोतको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…