ठूलो परिमाणमा जाली नोट सहित रौतहट र सर्लाहीका दुई जना पक्राउ
प्रहरीको खानतलासीमा सहनीले बोकेको झोलाबाट नक्कली नोट सहितका सामग्री बरामद भयो भने महराको साथमा रहेका झोलाबाट ८।८१० ग्राम लागूऔषध गाँजा समेत बरामद भएको बताइएको छ । प्रहरीले रोक्न खोज्दा उनीहरु भाग्म खोजेका थिए तर प्रहरीको बाक्लो उपस्थितिको कारण उम्कीन नसकेर पक्राउ परे ।

२०८० माघ १९ शुक्रबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही। ठूलो परिमाणमा नक्कली नोट र सोको कागजात सहित दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
विशेष सुचनाका आधारमा हरिवन नगरपालिका वडा नम्वर ११ पूर्व पश्चिम राजमार्गको कडरियामा बाट विहिवार अपरान्ह् पश्चिम कर्मैयाबाट पूर्व लालबन्दी तर्फ जाँदै गरेका प्रदेश–२–०२७ प ४२५६ र बीआर ३० एसी ८३१८ नम्वरको दुबै मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग गरिने कागजको ब्याण्डल सहित दुई जनालाई सर्लाही प्रहरी पक्राउ गरेका हुन् ।
सर्लाही बलरा नगरपालिका वडा नम्वर ७ का २३ बर्षिय अमरेन्द्र महरा र रौतहट माधवनारायण नगरपालिका वडा नम्वर २ का ३६ बर्षिय संजय सहनीलाई पक्राउ गरिएको सर्लाही प्रहरी श्रोतबाट थाहा भएको छ ।
महरा चढेको भारतीय नम्वरको मोटरसाइकल सहनी चढेको नेपाली नम्वरको मोटरसाइकलबाट एक लाख ७२ हजार नक्कली नोट र २९ बण्डल कागजत जुन एक हजार दरका नोट छाप्नमा प्रयोग गरिने कटिङ कागजात बरामद गरिएका हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएको प्रहरी टोलीले रौतहट र सर्लाहीका गरी दुई जनालाई नक्कली नोट सहित पक्राउ गरिएपछि सो नोट र ब्याण्डललाई मिलाउन झण्डै चार घण्टा लागेको श्रोतबाट बुझिएको छ ।
प्रहरीको खानतलासीमा सहनीले बोकेको झोलाबाट नक्कली नोट सहितका सामग्री बरामद भयो भने महराको साथमा रहेका झोलाबाट ८।८१० ग्राम लागूऔषध गाँजा समेत बरामद भएको बताइएको छ । प्रहरीले रोक्न खोज्दा उनीहरु भाग्म खोजेका थिए तर प्रहरीको बाक्लो उपस्थितिको कारण उम्कीन नसकेर पक्राउ परे ।
प्रहरी हिरासतमा राखेर दुबै जनालाई आवश्यक अनुसन्धान भईरहेको छ । तर सर्लाही प्रहरीले नक्कली नोट सहित दुई मानिस पक्राउ परेको बताएपनि पक्राउ परेका मानिसको नाम सार्वजनिक गरेको छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…