मिर्चैयाका मेयर यादव र नेता प्रभु साहसहितलाई कारवाही गर्न मानव अधिकार आयोगको सिफारिस
मिर्चैयाका मेयर श्रवण कुमार यादव, आम जनता पार्टीका अध्यक्ष (तत्कालिन माओवादी) प्रभु साह, खण्टे कामी , रामअवतार महतो, राम विलास यादव, हृदय यादव, एस.पी. किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहनालाई कारवाहीको लागि सरकार समक्ष सिफारिस गरेको हो ।

२०८० माघ १८ बिहीबार, बेलुकी ७:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय मानव अधिकार आयोगले सिरहा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवलाई कारवाहीको लागि सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै विभिन्न मानव अधिकार उलंघनको घटनामा मेयर श्रवण यादव अनुसन्धानबाट दोषी पाएको भन्दै उनलाई कारवाही गर्नको लागि आयोगले सरकारलाई सिफारिस गरेको छ ।
सोही क्रममा आयोगले आम जनाता पार्टीका अध्यक्ष प्रभु साहदेखि प्रहरी–कर्मचारीलाई कार्वाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ।
आर्थिक वर्ष २०७९–८० र चालु आवमा परेका उजुरीमाथि अनुसन्धान गर्दा मानव अधिकार उल्लंघन गरेको पाइएपछि ६० जनालाई कार्वाहीका लागि सिफारिस गरेको हो।
६६ जनाले मानव अधिकार उल्लंघन गरेको भए पनि ६ जनाको हकमा भने कारबाहीको जानकारी प्राप्त भएकाले ६० जनाको नाम कार्वाहीका लागि सिफारिस गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
कार्वाहीका लागि सिफासिर गरेका सबैभन्दा धेरै नेपाल प्रहरीका ३२ जना छन्। त्यस्तै सशस्त्र प्रहरी बलतर्फ एक जना, सेनातर्फ ४ जना, निजामती कर्मचारीतर्फ १२ जना र तत्कालीन नेकपा माओवादीतर्फका १० जनाको रहेका छन्।
मिर्चैयाका मेयर श्रवण कुमार यादव, आम जनता पार्टीका अध्यक्ष (तत्कालिन माओवादी) प्रभु साह, खण्टे कामी , रामअवतार महतो, राम विलास यादव, हृदय यादव, एस.पी. किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहनालाई कारवाहीको लागि सरकार समक्ष सिफारिस गरेको हो ।
यस्तै,
नेपाल प्रहरीहरू
१– प्रउ योगेश्वर रोमखामी
२– प्रउ रामकुमार खनाल
३– प्रउ नारायणकुमार आचार्य
४– प्रउ उमाप्रसाद चर्तुवेदी
५– प्रनाउ कामाख्या नारायण सिंह
६– प्रनाउ नारायणप्रसाद चिमोरिया
७– प्रनाउ टेकुनन्द इवा लिम्बु
८– प्रनाउ हनुमान शाह
९– प्रनि गोविन्दप्रसाद साह
१०– प्रनि महेन्द्र दर्नाल
११– प्रनि दीपेन्द्र श्रेष्ठ
१२– प्रनि दुर्गालाल चौधरी
१३– प्रनि कमलप्रसाद गिरी
१४– प्रसनि नवराज दाहाल
१५– प्रसनि ऋषि खनाल
१६– प्रसनि राजनप्रसाद नेपाल
१७– प्रसनि खड्गबहादुर कार्की
१८– प्रसनि दिनेश अधिकारी
१९– प्रसनि महाविर राज धावे
२०– प्रसनि बासुदेव चौधरी
२१– प्रनानि रामकुमार यादव
२२– प्रनानि श्याम राउत
२३– प्रनानि धर्मेन्द्र कुमार सिंह
२४– प्रनानि चक्र बस्नेत
२५– प्रह भुवनसिंह कार्की
२६– प्रह युवराज बस्नेत
२७– प्रह हर्कबहादुर थापा
२८– प्रह केदार अधिकारी
२९– प्रह दलबहादुर कार्की
३०– प्रज विनोद ठाकुर
३१– प्रज टार्जन गुरुङ
३२– प्रज निलम संग्रौला
सशस्त्र प्रहरी बल
१– सप्रउ प्रकाश ओझा
नेपाली सेना
१– सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति)
२– सेनानी सुरत रावल (युद्धकार्य अधिकृत)
३– सहसेनानी चक्रहादुर कार्की
४– क्याप्टेन दिनेश थापा
राष्ट्रिय अनुसन्धान
१– निरीक्षक लिलाधर पौडेल
निजामति कर्मचारीहरू
१– प्रजिअ माधवप्रसाद ओझा
२– प्रजिअ शालीग्रााम शर्मा पौड्याल
३– प्रजिअ दीपककुमार पहाडी
४– प्रजिअ सरोजप्रसाद गुरागाई
५– प्रजिअ रमा आचार्य
६– प्रजिअ शिवप्रसाद नेपाल
७– सप्रजिअ पुरुषोत्तम अधिकारी
८– कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल
९– बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ
१०– रोल्पा कारागार प्रमुख कमला घिमिरे
११– निमित्त कारागार प्रमुख यामलाल ओली
१२– नासु दिपेन्द्रप्रसाद पौडेल
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…