युवति घरमै मृत अवस्थामा फेला, घटना शंकास्पद
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।

२०८० माघ १८ बिहीबार, दिउँसो १२:२६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।
मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक ९एसपी० प्रविन धितालले जानकारी दिए ।
मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ ।
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…