जनकपुरधामको परिक्रमा सडकमा माछा मासु र मदिरा विक्री वितरण सधैँका लागि निषेध
धार्मिक परिक्रमालाई मध्यनजर गर्दै जनकपुरधामको साख जोगाउनुको साथै धार्मिक धरोहरलाई संरक्षण गर्नको लागि अभियन्ता मुरली मनोहर मिश्रले पटक पटक सरोकारबालाहरुलाई यसप्रति ध्यानाकर्षण गराउँदै आएको थियो । मँगलबार मेयर साहले सो परिक्रमा घुम्ने परिक्रमा सडक छेउमा यस्ता क्रियाकलाप रोक्न १४ गतेदेखि नै लागू हुने गरी सूचना जारी गरेको हो । अटेरी गरेको वा कहिले पनि विक्री वितरण गरेको पाईएमा सोही नियम अनुसार सजाय हुने बताईएको छ ।

२०८० माघ १६ मंगलबार, बेलुकी ७:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका मेयर मनोज कुमार साहले पहिलो पटक जनकपुरधामको धार्मिक भावनालाई कदर गर्दै कडा एक्सन लिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख साहले मँगलबार एक सूचना जारी गर्दै परिक्रमा सडकभित्र माछा, मासु, अण्डा तथा मदिरा विक्री वितरणमा पूर्ण निषेध घोषणा गरेका छन् ।
सूचना जारी गर्दै मेयर साहले धार्मिक आस्थालाई कदर गर्न उनले प्रत्येक बर्ष उठने मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर र धार्मिक मूल्य मान्यतालाई ध्यानमा राख्दै जनकपुरधाम उपहानगरपालिकाभित्र रहेको परिक्रमा सडक क्षेत्रभित्र माछा, मासु, अण्डा, पशुपंक्षी वध, मदिरा विक्री वितरण र सेवनमा समेत प्रतिबन्ध लगाएको हो ।
धार्मिक परिक्रमालाई मध्यनजर गर्दै जनकपुरधामको साख जोगाउनुको साथै धार्मिक धरोहरलाई संरक्षण गर्नको लागि अभियन्ता मुरली मनोहर मिश्रले पटक पटक सरोकारबालाहरुलाई यसप्रति ध्यानाकर्षण गराउँदै आएको थियो ।
मँगलबार मेयर साहले सो परिक्रमा घुम्ने परिक्रमा सडक छेउमा यस्ता क्रियाकलाप रोक्न १४ गतेदेखि नै लागू हुने गरी सूचना जारी गरेको हो । अटेरी गरेको वा कहिले पनि विक्री वितरण गरेको पाईएमा सोही नियम अनुसार सजाय हुने बताईएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…