माओवादीका मिटरब्याजी जोगाउन सिरहाका एसपी र सिडिओ गृहमन्त्रालय तानिए
मिटरब्याज पीडित उन्मुक्तिको नाममा सिरहामा केही सँचारकर्मीहरु समेत कमाई खाने भाँडो बनाएको सबुत राखिएको छ । मिटरब्याजकै मामिलामा प्रशासन आफू अनुकुल नभएको भन्दै केही नेताले उनीहरुलाई सरुवा गराएको बुझिएको छ ।

२०८० माघ १५ सोमबार, राति १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिटरब्याजको धन्दामा कमाई खाने भाँडो बनाएका माओवादी सिरहाका केही नेताहरुको व्यापक दबाबपछि सिरहाका एसपी र सिडिओलाई गृहमन्त्रालयले तानेको बताईएको छ ।
मिटरब्याजी मामिलामा सुदखोरहरुलाई कडाई गरेपछि सिरहाका प्रहरी प्रमुख टेकुनन्द लिम्बु र सिडिओ राजेन्द्रदेव पाण्डेलाई तानेको हो । माओवादी नेतृत्वको सरकारमा माओवादी पार्टीकै गृहमन्त्री भएपछि सोही पार्टीका मिटरब्याजीहरुलाई संरक्षण गर्ने उदेश्यले दुवैलाई हटाएको टिप्पणी गरिएको छ ।
केही दिन अगाडी सिडिओ कार्यालयमै एक मिटरब्याजी पीडितबाट कुटिएपछि सिडिओलाई हटाउन माओवादीकै केही नेताहरु अर्जी लिएर गृहमन्त्रालय पुगेका थिए । मिटरब्याज मामिलामा गडबड गरेको भन्दै गृहमन्त्रालयले दुवैलाई तानेको बताईएको छ ।
सिरहामा कैयौँ मिटरब्याजीहरु माओवादी निकट नेता कार्यकर्ता रहेको तथा दलाली गर्न समेत सोही पार्टीका केही कार्यकर्ता, नेपाली काँग्रेसका केही कार्यकर्ता, एमालेका केही कार्यकर्ताहरु सक्रिय रहेको अवस्थामा एसपी र सिडिओलाई हटाउँदा राजनीतिक शक्तिको दुरुपयोग भनिएको छ ।
मिटरब्याज पीडित उन्मुक्तिको नाममा सिरहामा केही सँचारकर्मीहरु समेत कमाई खाने भाँडो बनाएको सबुत राखिएको छ । मिटरब्याजकै मामिलामा प्रशासन आफू अनुकुल नभएको भन्दै केही नेताले उनीहरुलाई सरुवा गराएको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…