प्रदेशमै दोस्रो उत्कृष्ट जनकनन्दिनीको हाल बेहाल, जनप्रतिनीधिको मनमुटावले अधिकृतविहिन
गाउँपालिका अधिकृत विहिन हुँदा गाउँपालिकावासी, सेवाग्राहीले पाउनुपर्ने न्यून्तम सेवाबाट समेत बञ्चित भएको पाईएको छ । यद्यपी, गाउँपालिकाले अहिलेसम्म निमित्त अधिकृत समेत नराख्दा सेवाग्राहीलाई मार्का परेको छ भने विकास निर्माण समेत अपाँग भएको छ ।

२०८० माघ १५ सोमबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कार्य सम्पादन र न्यून बेरुजुको हिसाबले मधेश प्रदेशमै दोस्रो उत्कृष्ट स्थानीय तहको दर्जा पाएको पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका अधिकृतविहिन हुँदा आम सर्वसाधारणलाई सास्ती भएको छ ।
हप्तौदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनकनन्दिनी गाउँपालिकाको अवस्था डगमडोल भएको हो । जन निर्वाचित जनप्रतिनीधिहरुबीचको आन्तरिक किचलोको कारण अझै नयाँ अधिकृत आउन सकेको छैनन् ।
यसअघि केही साताको लागि मात्र नयाँ अधिकृत सर्वजीत झा आएपनि वातावरण नमिल्दा उनी सरुवा गराए । त्यसअघि कार्य सम्पादन गर्दै आएका निमित्त प्रमुख प्रशासकीय अधिकृत अयोधी दासलाई केही जनप्रतिनीधिहरुले असन्तुष्टि व्यक्त गर्दै राजीनामा गराएपछि अवस्था बेहाल भएको छ ।
दासपछि आएका झाले केही हप्तामै प्रतिकूल वातावरण महसुस गरेको भन्दै अन्त्यै सरुवा गराएपछि नयाँ अधिकृत हाजिर नहुँदा जनकनन्दिनी गाउँपालिकावासीलाई सास्ती भएको छ भने विकास निर्माणको कार्यहरु समेत लथालिँग भएको छ ।
प्रत्येक बर्ष यतिबेला ३० प्रतिशत अधिक विकास निर्माण कार्य सम्पन्न गर्दै आएको जनकनन्दिनी गाउँपालिकामा अधिकृतकै विवादले शून्य कामकाज भएको छ । प्रदेशमा लिजा, न्यून बेरुजु, कार्य सम्पादनले दोस्रो स्थान हाँसिल गरेको जनकनन्दिनीमा अहिले जनप्रतिनीधिहरुको आन्तरिक राजनीतिक स्वार्थले गाउँपालिका बन्धक बनेको हो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र केही वडाध्यक्षहरुबीच राजनीतिक किचलो उत्पन्न भएपछि नयाँ अधिकृत आउन मानिरहेका छैनन् । राजनीतिक हतकण्डाबारे प्रि–रिसर्च गर्ने अधिकृतहरु जनकनन्दिनी गाउँपालिकामा आउन नमानेको बुझिएको छ ।
गाउँपालिका अधिकृत विहिन हुँदा गाउँपालिकावासी, सेवाग्राहीले पाउनुपर्ने न्यून्तम सेवाबाट समेत बञ्चित भएको पाईएको छ । यद्यपी, गाउँपालिकाले अहिलेसम्म निमित्त अधिकृत समेत नराख्दा सेवाग्राहीलाई मार्का परेको छ भने विकास निर्माण समेत अपाँग भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…