राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट काँग्रेसका आनन्द ढुँगाना विजयी
यस्तै, महिला तर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूजा चौधरी विजयी भएकी हुन् । चौधरीले कुल मतमध्ये ७ हजार ९ सय २३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । यस्तै, एमालेको २ हजार ४ सय ८४ मत, जनमतको ८१८ मत परेको हो । महिला तर्फ सूर्य छापको भने २ हजार ४ सय ४६ मत प्राप्त भएको हो ।

२०८० माघ ११ बिहीबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज (विहिबार) सम्पन्न राष्ट्रिय सभा सदस्य पदको लागि मधेश प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द प्रसाद ढुँगाना भारी मतान्तरले विजयी हाँसिल गरेका छन् ।
जनकपुरमा निर्वाचन सम्पन्न भएपछि भएको मतगणना परिणाम अनुसार नेता ढुँगानाले कुल १० हजार ८ ३९ मतभार (मत) मध्ये ७ हजार ३ ७० मत प्राप्त गरी विजयी भएका हुन् ।
यस्तै, महिला तर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूजा चौधरी विजयी भएकी हुन् । चौधरीले कुल मतमध्ये ७ हजार ९ सय २३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
यस्तै, एमालेको २ हजार ४ सय ८४ मत, जनमतको ८१८ मत परेको हो । महिला तर्फ सूर्य छापको भने २ हजार ४ सय ४६ मत प्राप्त भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…