सामान्य विवादले फट्टा प्रहार गरी मरणासन्न कुटपिट, टाउकोमा १७ टाँका, दुई सामान्य घाइते !
जयनाथ पण्डितको काकाको छोरा बिकी पण्डितले कुटपिट गर्ने चार जना ब्यक्तिलाई पहिचान गरेको र उनको तस्बिर र नाम समेत सार्बजनिक गरेका छन् । काठको फट्टा प्रहार गरेको चार जना मध्ये दिपु साह भने ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। र अन्य २ जना ब्यक्ति अनिश मण्डल,रोशन मण्डल फरार रहेका छन् । केहि दिन अगाडी जनवरी १ तारिखको दिन जयनाथ पण्डित संग ति ब्यक्तिको सामान्य हातापाही भएको कुरा उनको काकाको छोरा बिकी पण्डितले बताएका छन् ।

२०८० माघ ११ बिहीबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको रामपुर वडा नम्बर १५ मा माघ ०८ गतेको दिनमा भएको विवाह समारोहमा कुटपिट हुदा एक जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी दुई जना सामान्य घाइते भएका छन्।सामान्य विवादको कारणले झगडा हुदा एक जना गम्भीर घाइते भएका छन्।
सोमबार राती करिब १ बजेको समयमा विवाह भइरहदा तिन जना त्यही छेऊमा बसेर आगो तापी रहेका थिए । केही छिन् पछि पछाडी बाट ४,५ जनाको समुहले काठको फट्टाले जयनाथ पण्डित भने ब्यक्तिको टाउकोमा ५,६ चोटी हान्दा उनि बेहोस् भए, र उनलाई बचाउने क्रममा संजिव पण्डित र रबि पंजियारलाई पनि काठको फट्टाले चोट लागेका छन् ।
उनि बेहोस भएपछि गाउँकै मान्छेहरुले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका थिए। तर त्यहाँ उपचार सम्भब न भएपछि उनलाई जनकपुर न्यूरो अस्पतालमा रेफर गरिएको छ ।
उनको टाउकोमा १७ ओटा टाका लागेका कुरा घाइते रबि पंजियारले जानकारी दिएका छन्। घाइते संजिव पण्डितलाई ७ ओटा टाका र रबि पंजियारलाई सामान्य चोटपटक लागेका छन् ।
जयनाथ पण्डितको काकाको छोरा बिकी पण्डितले कुटपिट गर्ने चार जना ब्यक्तिलाई पहिचान गरेको र उनको तस्बिर र नाम समेत सार्बजनिक गरेका छन् ।
काठको फट्टा प्रहार गरेको चार जना मध्ये दिपु साह भने ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। र अन्य २ जना ब्यक्ति अनिश मण्डल,रोशन मण्डल फरार रहेका छन् ।
केहि दिन अगाडी जनवरी १ तारिखको दिन जयनाथ पण्डित संग ति ब्यक्तिको सामान्य हातापाही भएको कुरा उनको काकाको छोरा बिकी पण्डितले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…