जनमतका मन्त्री यादवलाई टाउको फोड्दै जसपाका अध्यक्ष यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास
शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । कडा सुरक्षाबीच जनमतका मन्त्री र नेतालाई लठियाउँदै जसपाका अध्यक्ष यादवले सोमबार विश्वविद्यालयको भवन शिलान्यास गरेका हुन् ।

२०८० माघ ८ सोमबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । मधेश प्रदेशको सप्तरी राजविराजस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालयको भवन शिलान्यास गरेका छन् ।
सोमबार शिलान्यास रोक्न राजविराज पुगेका मधेश प्रदेशका शिक्षामन्त्री महेश प्रसाद यादवलाई प्रहरीले टाउको फोडेको हो । शिलान्यास गर्ने क्रममा परिचालन गरिएको सुरक्षाकर्मीले यादवले अवरोध गर्न खोजेपछि टाउको फुटाएको हो । सोही झडपबीच अध्यक्ष यादवले शिलान्यास गरेका हुन् ।
आज (सोमबार) जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएपछि मन्त्री यादवको टाउको फुटाएको हो । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । सोही क्रममा यादवको टाउको फुटाएको हो ।
सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको बताए ।
जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका वडा नम्बर १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

शिलान्यासमा सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो ।
शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । कडा सुरक्षाबीच जनमतका मन्त्री र नेतालाई लठियाउँदै जसपाका अध्यक्ष यादवले सोमबार विश्वविद्यालयको भवन शिलान्यास गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…