भोली जनकपुरबाट रेल अयोध्याको लागि प्रस्थान हुँदै, भाडा ३ हजारसम्म
जसको लागि एस्सी–२ बोगीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ एस्सी–३ बोगीमा प्रतिव्यक्ति २ हजार रुपैयाँ भाडादर तोकिएको छ भने स्लीपर अर्थात साधारण सिटको भाडा १ हजार रुपैयाँ राखिएको हो । अयोध्या जान चाहने यात्रुहरुको लागि शनिबारदेखि नै टिकट बुकिँग खुल्ला गरिएको छ । नजिकको रेल्वे स्टेशनमा गएर अयोध्याको लागि टिकट लिन सकिने जनाईएको छ ।

२०८० माघ ६ शनिबार, बेलुकी ५:०७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । २० डब्बाको रेल्वेले १४०० यात्रु लिएर अयोध्या जाने भएको छ । सोमबार भारतको उत्तर प्रदेशस्थित अयोध्यामा हुन गईरहेको राम मन्दिर प्राण प्रतिष्ठानलाई मध्यनजर गर्दै भारतबाट २० डब्बाको रेल जनकपुरबाट यात्रु लिएर अयोध्या जाने भएको छ । सोको लागि २० डब्बाको रेल भारतबाट आउन लागेको हो ।
नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले भोली आईतबार विहान ६ः०० बजे जनकपुरबाट अयोध्याको लागि रेल चल्ने भएको छ । श्रद्धालुहरुलाई मध्यनजर गर्दै भोली आईतबार विहानै रेल अयोध्याको लागि प्रस्थान हुने भएको छ ।
जसको लागि एस्सी–२ बोगीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ एस्सी–३ बोगीमा प्रतिव्यक्ति २ हजार रुपैयाँ भाडादर तोकिएको छ भने स्लीपर अर्थात साधारण सिटको भाडा १ हजार रुपैयाँ राखिएको हो ।
अयोध्या जान चाहने यात्रुहरुको लागि शनिबारदेखि नै टिकट बुकिँग खुल्ला गरिएको छ । जनकपुरधाम रेल्वे स्टेशनमा गएर अयोध्याको लागि टिकट लिन सकिने जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…