मुक्तिका लागि मधेश आन्दोलित रहिरहनुपर्छ : सीएन थारु
न्यूज ब्यूरो , काठमाडौं । काठमाडौंमा बलिदानी दिवस मनाइएको छ । मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरूको सम्झना र सम्मानमा काठमाडौंमा पनि बलिदानी दिवस मनाइएको हो । तराई मधेश राष्ट्रिय परिषदले तीनकुनेमा आयोजना गरेको १७औं बलिदानी दिवसमा शहिदको स्मरण गर्दै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रमम

२०८० माघ ५ शुक्रबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । काठमाडौंमा बलिदानी दिवस मनाइएको छ । मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरूको सम्झना र सम्मानमा काठमाडौंमा पनि बलिदानी दिवस मनाइएको हो ।
तराई मधेश राष्ट्रिय परिषदले तीनकुनेमा आयोजना गरेको १७औं बलिदानी दिवसमा शहिदको स्मरण गर्दै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा वक्ताहरूले रमेश महतोलगायतका शहिदले मधेशको मुक्तिका लागि बलिदानी दिएपनि राजनीतिक दलहरूको बेइमानीका कारण यो सवाल ओझेलमा परेको बताएका छन् ।
आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत र संरक्षण गर्दै मधेश मुक्तिको लडाईलाई जारी राख्नुपर्ने उनीहरूले धारणा राखे । कार्यक्रममा सीएन थारू, गुन्जन झा, बिटु मिश्र, दीपक गुप्ता, नवीन कोइराला, मनीष मण्डललगायतले मन्तव्य राखेका थिए ।
२०६३ माघ १ गते सुरु भएको मधेश आन्दोलनको क्रममा माघ ५ गते रमेश महतोले सिरहाको लहानमा शाहदत प्राप्त गरेका थिए । त्यसपछि झनै चर्किएको मधेश आन्दोलनले राज्यलाई विवश तुल्यायो ।
यसै दिनको सम्झनामा हरेक माघ ५ गतेलाई मधेशीहरूले बलिदानी दिवसको रूपमा मनाउँदै आएका छन् । आज काठमाडौंसँगै लहान, वीरगञ्ज, जनकपुर, राजविराजलगायत मधेशका विभिन्न स्थानमा पनि बलिदानी दिवस मनाइएको छ ।
तस्बिरहरू:



कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…