धनुषाको कमला नगरपालिकामा माघ ८ गते माछा, मासु र मदिरा नबेचौँः मेयर यादव
कमला नगरपालिकाको लगमा बजार, माचि बजार, सराबे बजार, मँगराहा बजार, सखुवा बजार साघारा, मडान, हथमुण्डाबजार सहित छिटफूट रुपमा समेत माछा, मासु विक्री वितरण नगर्न आग्रह गरेका छन् । यसको निगरानीको लागि हिन्दु सम्राट सेनासँग समन्वय गरी यस्ता गतिविधिमाथि निगरानी गरिने मेयर यादवले बताए ।

२०८० माघ ५ शुक्रबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवले कमला नगरपालिकाभित्र माघ ८ गते माछा, मासु, मदिरा विक्री वितरण तथा सेवन नगर्न आग्रह गरेका छन् ।
करोडौँ सनातनीहरुको आस्थाको केन्द्र र उत्साहको दिन भगवान रामको प्राण प्रतिष्ठालाई मध्यनजर गर्दै मेयर यादवले कमला नगरपालिकाभित्र लाग्ने गुदरी बजार, माछामासु बजारको साथै बजारमा माछामासु तथा मदिरा समेत विक्री वितरण नगर्न आग्रह गरेका छन् ।
कमला नगरपालिकाको विभिन्न गाउँमा लाग्ने बजारमा समेत सोमबार माघ ८ गते माछा, मासु र मदिरा (दारु) विक्री वितरण नगर्न आग्रह गरेको हो ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा ५५० बर्षपछि भगवान रामको मन्दिर निर्माण भएको र माघ ८ गते भव्य प्राण प्रतिष्ठा हुने भएकोले सो दिन यस्ता गतिविधिहरु नगर्न मेयर यादवले आग्रह गरेका हुन् ।
कमला नगरपालिकाको लगमा बजार, माचि बजार, सराबे बजार, मँगराहा बजार, सखुवा बजार साघारा, मडान, हथमुण्डाबजार सहित छिटफूट रुपमा समेत माछा, मासु विक्री वितरण नगर्न आग्रह गरेका छन् ।
यसको निगरानीको लागि हिन्दु सम्राट सेनासँग समन्वय गरी यस्ता गतिविधिमाथि निगरानी गरिने मेयर यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…