मधेश प्रदेशमा माघ ३ गते स्वाभिमान दिवस र ५ गते बलिदानी दिवस मनाइने, एक दिन विदा
माघ ३ मा ‘स्वाभिमान दिवस’ मनाउन पर्सा ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले मुख्यमन्त्रीको अनुरोध गरेका थिए । यस्तै मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ मा बीरगञ्जमा ‘बलिदानी दिवस’मनाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

२०८० पुस २७ शुक्रबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले माघ ३ गते ‘स्वाभिमान दिवस’ मनाउने निर्णय गरेको छ ।
देश संघीय संरचनामा गएपछि राखिएको सांकेतिक नाम ‘प्रदेश नम्बर २’लाई प्रदेशसभाले ०७८ माघ ३ मा मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएको थियो । यो दिन ऐतिहासिक रहेको भन्दै प्रदेश सरकारले ‘स्वाभिमान दिवस’मनाउने निर्णय गरेको छ ।
गृहसञ्चार तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता मोहम्मद समिमले बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ ३ लाई ‘स्वाभिमान दिवस’को रुपमा मनाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘माघ ३ कै दिन प्रदेशले पहिचानसहितको नाम मधेश र राजधानी पनि जनकपुरधाम पायो । यो ऐतिहासिक दिन हो । त्यसैले अबदेखि त्यस दिनलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेका छौं ।’उनले सार्वजनिक बिदा भने नदिने बताए ।
उनले माघ ३ मा स्वाभिमान दिवसु मनाउन सबै पालिका र मातहतका कार्यालयहरुमा पत्राचार गर्ने बताए । उनले भने, ‘हामी मन्त्रालय अगाडी दिप बाल्छौं । दिपावली मनाउँछौं । सबैले आफ्नो गाउँठाउँमा दिपावली गर्नुहुन्छ ।’
माघ ३ मा ‘स्वाभिमान दिवस’ मनाउन पर्सा ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले मुख्यमन्त्रीको अनुरोध गरेका थिए ।
यस्तै मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ मा बीरगञ्जमा ‘बलिदानी दिवस’मनाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
प्रत्येक बर्ष माघ ५ गते मनाईने बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिने गरेको छ । माघ ५ गते एक दिन सार्वजनिक विदा रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…