सिरहाको आरके मेडिसिटीमा डा. शर्माले जबरदस्ती गरिदिए खुट्टाको अप्रेशन, २५ हजार पठाएपछि...
जबरदस्ती अप्रेशन गर्दै ठाकुरसँग १ लाख ६ हजार रुपैयाँ समेत लिएको बताईएको छ । ठाकुरका अनुसार, यहाँ उपचार नहुने भनेपनि डा. शर्माले उनलाई ललाई फकाई यही गरिदिने भन्दै बाहिर जान नदिएको आरोप लगाए ।

२०८० पुस २६ बिहीबार, बिहान ११:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको धनगढी नगरपालिका मुसरनीयास्थित रहेको आरके मेडिसिटी हस्पिटलमा एक विरामीलाई जबरदस्ती अप्रेशन गरिदिएको घटना बाहिरिएको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ थलहा बस्ने राम उदगार ठाकुरलाई गत बैशाखमा खुट्टामा चोट लागेपछि प्राथमिक उपचारको लागि आरके मेडिसिटी हस्पिटल जाँदा उनलाई सोही हस्पिटलमा डा. निश्चल शर्माले अप्रेशन गरिदिएको आरोप लगाएका छन् ।
आरके मेडिसिटी हस्पिटलमा गत जेठ १ गते उनको खुट्टामा फ्याक्चर भएपछि अप्रेशन गरिएको थियो । हड्डी फ्याक्चर भएका ठाकुरले प्राथमिक उपचारको लागि मात्र आरके मेडिसिटी हस्पिटल जाँदा ा. शर्माले उनलाई ५ दिनसम्म अस्पतालमै राखेर अप्रेशन गरेको बताईएको छ ।
आफ्नो गाउँमा रहेको नहरबाट तल ओर्लदै गर्दा उनको खुट्टामा मोच आएपछि ठाकुर उपचारको लागि आरके मेडिसिटी हस्पिटल धनगढी गएका थिए । अस्पतालमा डा. निश्चल शर्माले उनलाई भर्ना भई यही अप्रेशन गरिदिने भनेर प्रलोभनमा पारेको आरोप छ । डा. शर्माले उनलाई अप्रेशन गरेपनि खुट्टा झन बिग्रीएपछि उनी काठमान्डौँस्थित बि एण्ड बी हस्पिटलमा गएर उपचार गराएको बताईएको छ ।
जबरदस्ती अप्रेशन गर्दै ठाकुरसँग १ लाख ६ हजार रुपैयाँ समेत लिएको बताईएको छ । ठाकुरका अनुसार, यहाँ उपचार नहुने भनेपनि डा. शर्माले उनलाई ललाई फकाई यही गरिदिने भन्दै बाहिर जान नदिएको आरोप लगाए ।
अप्रेशनपछि उनको खुट्टा बिग्रिएको तथा आफू मिडियामा जाने भनेपछि डा. शर्माले ठाकुरको नाममा २५ हजार रुपैयाँ व्यक्तिगत रुपमा पठाईदिएको बताईएको छ । प्रतिष्ठा जोगाउनको लागि डा. शर्माले ठाकुरको नाममा आईएमई गरिदिएको बताईएको छ । यद्यपी, उनी उपचारको लागि बिएण्डबी हस्पिटल जाँदा हस्पिटलको मात्रै १० दिनमा २ लाख ४४ हजार रुपैयाँ तिरेको बताए ।
ठाकुरका अनुसार, अनुभव नभएर डा. शर्माले बलपूर्वक अप्रेशन गर्दा आफू आर्थिक मारमा परेको भन्दै क्षतिपूर्ति दिनुको साथै कानुन बमोजिम कारवाहीको माग गरेका छन् । उनले डा. शर्मामाथि मुद्दा दायर गरी क्षतिपूर्ति लिने बताए ।
मुद्दालाई दबाउनको लागि सिरहाकै केही पत्रकारले हस्पिटलसँग बार्गेनिँग गरेको पनि बताईएको छ । नाम नखोल्ने शर्तमा पीडितले एक पत्रकारले आफूसँग सबै विस्तृत लिएर हस्पिटलसँग बार्गेनिँग गरेको आरोप लगाए ।
आरके मेडिसिटी हस्पिटलमा पटक – पटक यस्ता घटनाहरु हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…