मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यको २ पदका लागि ५ जनाको उम्मेदवारी दर्ता
यता, एमालेले अन्यतर्फ अर्जुन सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा उहाँको नाम नभेटिएपछि उम्मेदवारी दर्ता हुन सकेन । उहाँकै स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो । एमालेको अर्का उम्मेदवार थरुनी पर्साको हुनु हुन्छ ।

२०८० पुस २३ सोमबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश राष्ट्रियसभा सदस्यको २ पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मधेश प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले महिला समूह तर्फ उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस्तै एमालेबाट विजेता झा र उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनु भएको हो । सत्ता गठबन्धनको निर्णय नमानेपछि जनमत पार्टीबाट रामशंकर महासेठले समेत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनु भएको ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटको हुनुन्छ ।
यता, एमालेले अन्यतर्फ अर्जुन सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा उहाँको नाम नभेटिएपछि उम्मेदवारी दर्ता हुन सकेन । उहाँकै स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो । एमालेको अर्का उम्मेदवार थरुनी पर्साको हुनु हुन्छ ।
मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…