सिरहा जेलमा माओवादी र काँग्रेसको लडाईः मिर्चैयाका मेयर यादवले हस्तक्षेपको आरोप
सिरहामा अबैध उत्खनन् रोक्न, सरकारि गाडीहरू बिदाको दिनमा पनि संचालनमा हुँदा यसलाई चेकजाँच गर्नका लागि लगायत अन्य बिषयमा नेपाल तरुणदल सिरहाका जिल्ला सभापति अरबिन्द मण्डलले ज्ञापनपत्र जिल्ला प्रशासन सिरहामा बुझाइएको हो ।

२०८० पुस २१ शनिबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले जिल्ला कारागार सिरहामा हस्तक्षेप र राजनीति गरेको भन्दै तरुण दलले सिडिओ गुहारेका छन् ।
सिरहा कारागारका प्रमुख कैलाश ठाकुर र मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवको व्यक्तिगत दुश्मनीको प्रभाव जेलमा समेत परेको बताईएको छ ।
नेपाली काँग्रेस पार्टी निकट रहेका जेलर कैलाश ठाकुरले जेलमा कडाई गरेपछि मिर्चैयाका मेयर यादवले हस्तक्षेप गरेको आरोप लगाएका छन् । मेयर निकट कैदीहरुलाई अतिरिक्त सुविधा मागको साथै जेलभित्रै कैदीसँग राजनीति गरेको आरोप छ ।
सोही क्रममा नेपाली काँग्रेसको भातृ सँगठन नेपाल तरुण दल सिरहाले मिर्चैयाका मेयरले जेलमा समेत हस्तक्षेप गरेको भन्दै ज्ञापन पत्र बुझाएका छन् । जेलमा कैदीहरुको सुरक्षा चुनौतिलाई ध्यानमा राख्दै सिरहाका प्रमुख जिल्ला अधिकारीलाई तरुणलले ज्ञापन पत्र बुझाएको हो ।
यादवले मनपरितन्त्र र गैरकानुनी गैरजिम्मेवारी रबैया देखिएको भन्दै तरुण दल यादवले कैदीबन्दी र चौकिदार उपर पुर्बाग्राही ढंगले गर्दै आएको हस्तक्षेपकारी भुमिकाको विरुद्ध ज्ञापन पत्र बुझाइएको उल्लेख छ ।

सिरहामा अबैध उत्खनन् रोक्न, सरकारि गाडीहरू बिदाको दिनमा पनि संचालनमा हुँदा यसलाई चेकजाँच गर्नका लागि लगायत अन्य बिषयमा नेपाल तरुणदल सिरहाका जिल्ला सभापति अरबिन्द मण्डलले ज्ञापनपत्र जिल्ला प्रशासन सिरहामा बुझाइएको हो ।
नेपाल तरुण दल जिल्ला कार्य समिति सिरहाको अध्यक्ष अरबिन्द मण्डलको नेतृत्वमा गृह मन्त्रालय कारगार बिभाग ,प्रदेश गृह मन्त्रालय ,जिल्ला प्रहरी कार्यालय सिरहा र कारागार कार्यालय सिरहालाई बोधार्थ गर्दै शुक्रबार जिल्ला प्रशासन सिरहाको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेलाई ज्ञापन पत्र बुझाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…