५२ किलोमिटरको रेलमा महिनाको ५४ लाख घाटा
५२ किलोमिटरमा सञ्चालन हुँदा झण्डै २ लाख मासिक घाटा भइरहेको रेललाई महाप्रबन्धक झाले अयोध्या लान मन्त्रालयसित स्वीकृत माग गरेका छन् । अयोध्यासम्म रेल लग्न लाखौं घाटा थपिने बताउँदै जानकारहरुले त्यसबाट झालाई फाइदा पुग्ने आरोप लगाएका छन् ।

२०८० पुस १८ बुधबार, बिहान १०:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा आर्थिक नोक्सानीमा रहेको छ । ५२ किलोमिटर लामो रेल सेवाको मासिक घाटा ५४ लाख भन्दा बढी रहेको छ ।
भारत सरकारले रेलको पूर्वाधार निर्माण गरेपछि नेपाल सरकारले दुईवटा इञ्जिन सहितको रेल खरिद गरेको थियो । रेल २०७८ साल चैत २० गतेदेखि नियमित रुपमा संचालन हुँदै आएको छ ।
सुरुमा जयनगर– कुर्था सम्म मात्र संचालन हुने रेल पछिल्लो ६ महिनादेखि महोत्तरीको भंगहासम्म सञ्चालन हुन थालेको छ । दैनिक दुई पटक जयनगर–कुर्था र एक पटक कुर्था –भँगहासम्म ओहरदोहर गर्ने रेल यात्रुले भरिभराउ हुन्छ । सिट भन्दा कयौं गुणा बढी सवारी उभिएर यात्रा गर्न बाध्य रहे पनि रेल मासिक ५४ लाख भन्दा बढी घाटामा रहेको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।
रेलवे सञ्चालनको बेलादेखि नै महाप्रबन्धक रहेका झाले दोस्रो कार्यकाल पनि चलाइरहेका छन् । प्रारम्भमा ४९ जना कर्मचारी भर्ना गरिएको रेलवे कम्पनीमा हाल एक सय भन्दा बढी नेपाली कर्मचारी भर्ना भइसकेका छन् । कर्मचारी भर्नामा महाप्रबन्धक जीएमले अनुचित लाभ लिएको आरोप छ ।
दैनिक घाटामा सञ्चालन भइरहेको रेलवेका महाप्रबन्धक झाले भने नियम मिच्दै रेलवेको जग्गा र घर सार्वजनिक सूचना बिना नै बन्दोबस्त गरी मोटो रकम खाने गरेका छन् । रेलवेमा अधिकांश कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरिए पनि संवेदनशील काममा लगाइएको बताइन्छ । रेलवेको टिकट चेकिंगमा गडबडी र तस्करहरुलाई सहुलियत दिएको आरोप लाग्न थालेको छ ।
५२ किलोमिटरमा सञ्चालन हुँदा झण्डै २ लाख मासिक घाटा भइरहेको रेललाई महाप्रबन्धक झाले अयोध्या लान मन्त्रालयसित स्वीकृत माग गरेका छन् । अयोध्यासम्म रेल लग्न लाखौं घाटा थपिने बताउँदै जानकारहरुले त्यसबाट झालाई फाइदा पुग्ने आरोप लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…